बाल क्लवले मनाए प्रजातन्त्र दिवस, तस्विरमा हेर्नुहोस्

बाल क्लवले मनाए प्रजातन्त्र दिवस, तस्विरमा हेर्नुहोस्

दैलेख : गुराँस गाउँपालिकाका बालबालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाएका छन् । बालबालिकाको क्षमता विकासका लागि बालक्लवहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरी दिवस मनाएका हुन् ।
गुराँस गाउँपालिका–५ स्थित पार्वती माध्यामिक विद्यालय गोगनपानीको प्रगतिशिल बाल क्लवले प्रजातन्त्र दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरी बाल दिवस मनाएको छ । गुराँस गाउँपालिका–८ गर्चाको कालिका माध्यामिक विद्यालयमा रहेको लालिगुराँस बालक्लवले प्रजातन्त्र स्थापनामा ‘विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी शान्ति माध्यामिक विद्यालय लालिकाडामा रहेको पञ्चकोशी बालक्लवले सांस्कृतिक कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाएको छ । गुराँस गाउँपालिका–१ को भगवती माध्यामिक विद्यालयको लालीगुराँस बालक्लव र गुराँस गाउँपालिका–५ को कृष्ण माध्यामिक विद्यालयको प्रगतिशिल बाल क्लवले बालक र बालिकाको सयुक्त रुपमा भलिबल प्रतियोगिताको आयोजना गरेर प्रजातन्त्र दिवस मनाएका छन् ।
वि.सं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने गरिएको छ । सात सालको जनक्रान्तिले नेपालको शासन व्यवस्थामा जनताको प्रत्यक्ष सहभागिता हुनेगरी शासन व्यवस्था परिवर्तन गरेको थियो । प्रजातन्त्र स्थापनाका लागि नेपाल आमाका महान सपूतहरुले जहानियाँ राणा शासनको अन्त्यका लागि विना प्रतिरोध आफ्नो बलिदानी स्विकार गरेका थिए । जसका कारण राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको थियो ।
बाल क्लवलाई कार्यक्रम सञ्चालनका लागि गुराँस गाउँपालिकाको समन्वयमा, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले सहयोग गरेको थियो । अतिरिक्त क्रियाकलापमा बालबालिकाको सहभागीताले उनीहरुको क्षमता विकास गर्न सहयोग पुग्ने परियोजनाका बालअधिकार शासन तथा बाल संरक्षण संयोजक निर्मल अधिकारीले बताए ।

प्रतिक्रिया