‘महिला भएकै कारण हुने भेदभाव हटेन’

‘महिला भएकै कारण हुने भेदभाव हटेन’

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले समाजमा महिला भएकै कारणले हुने भेदभाव पूर्णरुपमा नहटेको बताएको छ । महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्दै हरेक वर्ष विश्वभर मार्च ८ मा मनाईने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा एक विज्ञप्ती जारी गर्दै संस्थाले महिला माथी हुने हिंसा अन्त्य नहुँदा राज्यले लिए अनुसारको लक्ष अपेक्षित सुधार हुन नसकेको जनाएको छ । संस्थाका कार्यवहाक अध्यक्ष टिकादेवि जैसीद्धारा हस्ताक्षरित विज्ञप्तीमा परिस्थितिलाई दोष दिनुभन्दा पनि कसरी आफ्नो अनुकूल बनाउने, कुन मार्ग अपनाउने, कुन सोच राखेर के उद्देश्यका लागि कर्म गर्ने त्यसको योजना बनाएर चल्नु बुद्धिमानी हुने उल्लेख छ । विज्ञप्तीमा भनिएको छ ‘गुनासो, चिन्ता, आलस्य, अभाव, अज्ञानता तथा तनाव लिएर कसरी प्रगति हुन सक्छ, त्यसैले अगाडीको बाटो हेर्दै प्रगतिमै ध्यान दिने र सोचलाई सकारात्मक बनाउने प्रयास गर्नुपर्छ, सकारात्मक सोच नै महिलाहरुको प्रगतिको आधार बन्न सक्छ, सम्मानपूर्वक बाँच्ने र बाँच्न पाउने अधिकारको रक्षा गर्नु हामी सबैको कर्तव्य हो, यहीबाट नै सबैको विकास एवं प्रगति मापन बन्नसक्छ, त्यसैले आजबाट नै हामी सबैले महिला हिंसाको अन्त्यको लागि सकारात्मक भूमिका निर्वाह गरौँ, नारीको सम्मान गरौं, संरक्षणका लागि हातेमालो गरौं, सम्मानपूर्वक बाच्ने अधिकारको रक्षा गरौं र असल नागरिकको भूमिका निर्वाह गरौं ।’
हेर्नुहोस् विज्ञप्ती

महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्दै हरेक वर्ष विश्वभर मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने गरिएको छ । यस वर्ष”Women in Leadership: Achieving an equal future in a COVID-19 world.” भन्ने अन्र्राष्ट्रिय नाराका साथ विश्वभर यो दिवस मनाइदै छ । नेपालमा पनि “महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” राष्ट्रिय नाराका साथ १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाइदै छ । यस अवसरमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको तर्फबाट सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौं । यो दिवसलाई भव्य र सभ्य रुपमा मनाउने सन्दर्भमा संस्थाले दैलेख र कालिकोट जिल्ला स्थित विभिन्न सरोकारवाला निकायहरुसंगको समन्वयमा यहि मिति २०७७ साल फाल्गुण २४ गते सोमबार (मार्च ८, २०२१) का दिन दुवै जिल्ला र संस्थाका कार्यक्षेत्रहरुमा विविध कार्यक्रम सहित दिवस मनाउन कार्यक्रम आयोजना गर्न गैरहेको छ ।
दिवस भव्यताकासाथ मनाउन संस्थाबाट जिल्ला स्थित स्थानीय निकाय तथा सरोकारवाला निकायहरुसंग समन्वय गरी विविध कार्यक्रमहरुको आयोजना गरेको छ । अहिले संघीय प्रतिनिधिसभामा ३२.७३ प्रतिशत, राष्ट्रिय सभामा ३७.२९ प्रतिशत र स्थानीय तहमा ४०.९३ प्रतिशत महिला प्रतिनिधित्व छ । राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एक जना, प्रतिनिधिसभाको सभामुख वा उपसभामुख मध्ये एक जना र राष्ट्रिय सभाको अध्यक्ष वा उपाध्यक्ष मध्ये एक जना प्रदेश सभामुख वा उपसभामुख मध्ये एक जना महिला हुने व्यवस्था नेपालको संविधान २०७२ मा गरेको छ । त्यस्तै गाउ कार्यपालिकामा चार जना तथा नगर कार्यपालिकामा पांचजना महिला सदस्य रहने, जिल्ला समन्वय समितिमा कम्तीमा तीन जना महिला रहने, गाउपालिका र नगरपालिकाको प्रत्येक वडाबाट कम्तीमा दुई जना महिलाको प्रतिनिधित्व हुनेगरी गाउंसभा र नगरसभाको गठन हुने व्यवस्था गरिएको छ । यसका साथसाथै, राष्ट्रिय महिला आयोग संवैधानिक निकायको रुपमा रहने र सोका अध्यक्ष र सदस्यहरु महिला मात्र रहने तथा निजामति सेवामा दशक अघिबाट लागु भएको आरक्षणको व्यवस्था आदिले पनि सार्वजनिका क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व बढाएको छ ।
त्यसो त हाम्रो समाजमा महिला भएकै कारणले हुने भेदभाव पूर्णरुपमा हटिसकेको छैन जसको कारण राज्यले लिए अनुसार अपेक्षित सुधार आएको छैन । परिस्थितिलाई दोष दिनुभन्दा पनि कसरी आफ्नो अनुकूल बनाउने, कुन मार्ग अपनाउने अनि कुन सोच राखेर के उद्देश्यका लागि कर्म गर्ने त्यसको योजना बनाएर चल्नु बुद्धिमानी हुन्छ । गुनासो, चिन्ता, आलस्य, अभाव, अज्ञानता तथा तनाव लिएर कसरी प्रगति हुन सक्छ, त्यसैले अगाडीको बाटो हेर्दै प्रगतिमै ध्यान दिने र सोचलाई सकारात्मक बनाउने प्रयास गर्नुपर्छ । सकारात्मक सोच नै महिलाहरुको प्रगतिको आधार बन्न सक्छ । सम्मानपूर्वक बाच्ने र बाच्न पाउने अधिकारको रक्षा गर्नु हामी सबैको कर्तव्य हो यहीबाट नै सबैको विकास एवं प्रगति मापन बन्नसक्छ । त्यसैले आजबाट नै हामी सबैले महिला हिंसाको अन्त्यको लागि सकारात्मक भूमिका निर्वाह गरौं नारीको सम्मान गरौं संरक्षणका लागि हातेमालो गरौं र सम्मानपूर्वक बाच्ने अधिकारको रक्षा गरौं अनि असल नागरिकको भूमिका निर्वाह गरौं ।
नेपाल सरकार (मन्त्रीपरिषद्)ले मिति २०७७।११।१४ मा “महिला हिंसा असभ्यता हो, यो अपराध होः महिला हिंसा रोकौं” भन्ने प्रतिबद्धता स्वीकृत गरी यस प्रतिबद्धतालाई स्टीकर तथा बोर्ड प्रिन्ट बनाई सबै निकाय, सार्वजनिक स्थल, विद्यालय, कलेज लगायतका शैक्षिक संस्था आदि स्थानमा टांसी सन्देश फैलाउन र महिला हिंसाा, विभेद र बलात्कार विरुद्ध अभियानकै रुपमा समुदायस्तरमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरे बमोजिम यस संस्थाले पनि सरोकारवाला निकायहरुसंगको समन्वय र सहयोगमा उल्लेखित निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
जिल्ला तह र समुदाय तहमा दिवसको अवसर पारेर विभिन्न सिर्जनात्मक तथा रचनात्मक क्रियाकलापहरु सहितका कार्यक्रमहरु सञ्चालन भैरहेका छन् र कतिपय ती कार्यक्रमहरुमा संस्थाको सहभाागिता समेत रहंदै आएको छ । जसमा संस्थाका पहल र उपलब्धी, समस्या र चुनौती लगायतका विषयमा सूचना प्रवाह गरिएको छ । अन्तमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख यस दिवसलाई भव्य र सभ्य रुपमा मनाउन सम्बन्धित सबैमा हार्दिक आव्हान गर्दछौं ।

टिकादेवि जैसी
कार्यवहाक अध्यक्ष
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल
दैलेख

No description available.

प्रतिक्रिया