दैलेखमा सुत्केरीको शंकास्पद मृत्यु

दैलेखमा सुत्केरीको शंकास्पद मृत्यु

दैलेख :  ठाटिकाँध गाउँपालिका-६ की एक सुत्केरीको शंकास्पद मृत्यु भएको छ। सुत्केरी भएको १५ दिनपछि उनको मृत्यु भएको हो। मृत्यु हुनेमा ठाटिकाँध-६ बस्ने शेरबहादुर रोकायाकी श्रीमती ३२ वर्षीया हस्तना थापा रहेको दैलेख प्रहरीले जनाएको छ। बुधबार स्थानीय ठाटिकाँध बजार गएर साँझ फर्केपछि बच्चा र श्रीमान् शेरबहादुरसँगै सुतेका र बिहान हेर्दा उनको मृत्यु भएको देखिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए। प्रहरीका अनुसार हस्तनाको मृत्यु शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि श्रीमान् शेरबहादुरलाई नियन्त्रणमा राखिएको जनाएको छ। उनको के कारणले मृत्यु भएको हो भन्ने कुरा पोस्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरी प्रमुख श्रेष्ठले बताए।

प्रतिक्रिया