भारतमा संक्रमित, जन्मथलो फर्केर निधन

भारतमा संक्रमित, जन्मथलो फर्केर निधन

दैलेख : दुल्लु नगरपालिका–२ नाउलेकटुवालस्थित वडापोखराका ३८ बर्षीया एक पुरुष दुई बर्ष अघि भारत पुगे । रोजगारीको सिलशिलामा भारतको मुम्बईमा रहेका उनि त्यहाँको एक होटलमा काम गर्थे । श्रीमती, छोराछोरीको पालनपोषणका लागि रोजगारी गर्न गएका उनि झण्डै दुई बर्ष त्यहा भारतमै बसे । कोरोना भाइरसको डरले अघिल्लो बर्ष मजदुरीका लागि भारत गएका अधिकाँश व्यक्तिहरु गाउँ फर्किए । तर उनि फर्किएनन् । पछिल्लो समय छिमेकी मुलक भारतमा कोरोना संक्रमणको दर ह्वात्तै बढ्यो । उनि घर फर्कने योजनामा पुगे । उनि गाउँका साथीभाई र छिमेकीहरुसँग् नियमित सम्पर्कमा रहन्थे । ‘गाउँमा क्वारेन्टीनको व्यवस्था छकी छैन भनेर मलाई फोन गरेर सोधिरहन्थे,’ छिमेकी जीतेन्द्रबहादुर थापा भन्छन् ‘उनि विगत तीन महिलादेखि सामान्य बिरामी छन् भन्ने सुनेका थियौ, तर घर आउनका लागि हिडेको मैले पनि थाहा पाइन् ।’
उनि शुक्रवार जन्मघर नाउलेकटुवालस्थित वडापोखरा पुगे । घर पुगेपछि उनलाई स्वास्थ्य समस्या झन बिग्रीन थाल्यो । उनका घरपरिवार र आफन्तले शनिवार बिहान दुल्लु अस्पताल पु¥याए । अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरुले सामान्य अवस्थामै सावधानी नपनाएरै उनको स्वास्थ्य जाँच गरे । अस्पताल आईपुग्दा उनको अवस्था चिन्ताजनक थियो । दुल्लु अस्पतालका डा. रन्जना रोकाय भन्छिन् ‘अस्पताल भर्ना हुँदा उनमा अक्सिजन स्याचुरेशन कम थियो, कोरोना संक्रमणको लक्षण देखा परेको थियो, थप उपचारका लागि हामीले कर्णाली प्रदेश अस्पतालमा रिफर ग¥यौ ।’ अस्पतालले रिफर गरेपछि परिवारले सुर्खेत लैजाने वन्दोवस्त गर्न थाल्यो । तर, सुर्खेततर्फ लैजान पाएनन् । उनको अस्पतालमै मृत्यु भयो ।
मृत्युपछि उनको शव परिवार आफन्तले घर पु¥याए । सबै आफन्त भेला भए । शनिवार साँझ मात्रै उनि कोरोना संक्रमित रहेको खबर आयो । भारतमा रहेका उनका साथीहरुले फोन गरेर ‘उनलाई कोरोना संक्रमण थियो, मरेपनि गाउँमै मर्छु भनेर हिडेको हो भनेर खबर गरे, छिमेकी जीतेन्द्र भन्छन् ‘ भारतमा रहेका छत्रका साथीको पनि कोरोना संक्रमणकै कारण निधन भएको खबर पाएका छौ ।’ उक्त खबरपछि उनका आफन्त र छिमेकी सहित गाउँले सर्तक बनेको स्थानीय बताउँछन् । नेपाल फर्कदा नेपाल भारत नाकामा परीक्षण गरिएको र त्यहाँपनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मी बताउँछन् ।
कोरोना संक्रमित रहेका उनका आफन्तले छक्याएर अस्पताल पु¥याएको र अस्पतालका स्वास्थ्यकर्मीहरुले समेत बिना सुरक्षा चेकजाँच गरेपछि अस्पतालका स्वास्थ्यकर्मीहरुले छुट्टै राखिएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए । भारतमै कोरोना संक्रमण देखापरेपछि गाउँ फर्किएका ती पुरूषको निधनपछि अहिले गाउँले ससंकित बनेका छन् । मृतक छत्रका श्रीमती सहित क्रमश १२ र १० बर्षीया छोरा र ५ बर्षीया छोरी छन् ।

प्रतिक्रिया