सिडिओ प्याकुरेलद्धारा कोरोना महामारीलाई परास्त गर्न अपिल

सिडिओ प्याकुरेलद्धारा कोरोना महामारीलाई परास्त गर्न अपिल

दैलेख : प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले कोरोना भाइरस नियन्त्रणको प्रमुख अस्त्र भनेको स्वयं सुरक्षित हुनुपर्ने भन्दै दैलेख जिल्लाबासीहरुलाई विशेष अनुरोध सार्वजनिक गरेका छन् । प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जिल्लाबासी नागरिकहरुलाई घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न नियमित साबुनपानीले हात धुन वा स्यानिटाइज गर्न र जनस्वास्थ्यका मापदण्डहरुको पालना कडाईका साथ गर्न अनुरोध समेत गरेका छन् ।
उनले जारी गरेको अनुरोधमा हाल कोरोना भाइरस संक्रमणको उपचार, रोकथाम र नियन्त्रणका लागि जिल्लास्थित सम्पूर्ण संयन्त्रहरु तदारुकताका साथ परिचालन भइरहेका र विगतको संक्रमण रोकथाममा प्राप्त सफलताका आधारमा जिल्लाको हालको अवस्था नियन्त्रणमा रहेको उल्लेख छ । प्रमुख जिल्ला अधिकारी प्याकुरेलले संक्रमणको कुनैपनि लक्षण देखिएका महानुभावहरुले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र संक्रमित भई आइसोलेशनमा रहनुभएकाहरु आफ्नो स्वास्थ्य अवस्थाका बारेमा तपाईको निगरानी गरी रहनु भएका स्वास्थ्यकर्मीहरुसँग परामर्श गर्न समेत अनुरोध गरेका छन् । उनले महामारीलाई परास्त गर्न जिल्लास्थित स्थानीय सरकार, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार, कर्मचारी शिक्षक, संघ संस्थाहरु र सबै जिल्लाबासीलाई हार्दिक अपिल गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुलेरबाट जिल्लाबासीहरुलाई गरिएको अनुरोध !
हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण केही समय अगाडीसम्म शून्य संक्रमित रहेको यस दैलेख जिल्लामा हाल ४२ जना संक्रमितहरु पुष्टी भई ८ जनाको जिल्लास्थित विभिन्न आइसोलेसन र ३४ जनालाई होम आइसोलेशन राखी स्वास्थ्यकर्मीहरुको परामर्श र निगरानीमा उपचार भईरहेको छ । हालैका दिनमा भारत लगायतका मुलुकहरुमा बढी प्रभाव छोड्ने खालको कोरोना भाइरसको नयाँ भेरियन्ट तिव्र गति फैलिरहेको अवस्थामा भारतबाट जिल्लामा नागरिकहरु भित्रिने क्रम बढीहरेको, नेपाल सरकारको मिति २०७८/१/६ को निर्णय बमोजिम यस जिल्लामा सोही व्यहोराको आदेश मिति २०७८/१/७ गतेदेखी लागू भईसकेको र जिल्लाभित्रको आन्तरिक आवागमन, विवाह, ब्रतबन्ध एवं चाडपर्वको परिवेश लगायतका विषयवस्तुहरुलाई मध्यनजर गर्दै संक्रमणको जोखिम नियन्त्रणका लागि तपसिल बमोजिम गर्नु गराउनु हुन सम्पूर्ण जिल्लाबासीमा हार्दिक अनुरोध गर्दछु ।
१. हाल कोरोना भाइरस संक्रमणको उपचार, रोकथाम र नियन्त्रणका लागि जिल्लास्थित सम्पूर्ण संयन्त्रहरु तदारुकताका साथ परिचालन भइरहेका छन् । विगतको संक्रमण रोकथाममा प्राप्त सफलताका आधारमा जिल्लाको हालको अवस्था नियन्त्रणमा रहेको छ ।
२. कोरोना भाइरस नियन्त्रणको प्रमुख अस्त्र भनेको स्वयं सुरक्षित हुनुपर्ने भएको हुँदा घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्ने, नियमित साबुनपानीले हात धुने वा स्यानिटाइज गर्ने र जनस्वास्थ्यका मापदण्डहरुको पालना कडाईका साथ गर्नुपर्ने हुन्छ ।
३. संक्रमणको कुनैपनि लक्षण देखिएका महानुभावहरु नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस। संक्रमित भई आइसोलेशनमा रहनुभएकाहरु आफ्नो स्वास्थ्य अवस्थाका बारेमा तपाईको निगरानी गरी रहनु भएका स्वास्थ्यकर्मीहरुसँग परामर्श गर्नु हुनेछ ।
४. भारतबाट हालै प्रवेश गरेका व्यक्तिहरुमा संक्रमण धेरै देखिएको र सोका कारण समुदायमा थप जोखिम बढ्ने हुनाले यस्ता व्यक्तिहरु अनिवार्य रुपमा १० दिन होम क्वारेन्टिनमा बस्नुहोस् वा तपाईका आफन्तहरु भर्खरै भारतबाट आउनु भएको हो भने १० दिनसम्म अनिवार्य होम क्वारेन्टिनमा बस्न सुझाव दिनुहोस् ।
५. तपाईले अपनाउने सजगताले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा ठूलो भूमिका निर्वाह गर्ने भएको हुँदा तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नु गराउनु हुन साथै यस सम्बन्धमा मिति २०७८/१/७ मा जारी भएको आदेश पालना गर्नु गराउनु हुनेछ ।
६. यस महामारीलाई परास्त गर्न जिल्लास्थित स्थानीय सरकार, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार, कर्मचारी शिक्षक, संघ संस्थाहरु र सबै जिल्लाबासीलाई हार्दिक अपिल गर्दछु ।
हरि प्याकुरेल
प्रमुख जिल्ला अधिकारी
एवं संयोजक, डिसिसिएमसि दैलेख ।

प्रतिक्रिया