एम्बुलेन्स खरिद गर्दै नारायण, स्वाब संकलन र एन्टिजेन परीक्षणका लागि ल्याब असिस्टेन्ट करारमा लिने

एम्बुलेन्स खरिद गर्दै नारायण, स्वाब संकलन र एन्टिजेन परीक्षणका लागि ल्याब असिस्टेन्ट करारमा लिने

दैलेख : जिल्लामा नयाँ भेरियन्टसहित तीव्र गति फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारमा स्थानीय तह जुटेका छन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका स्थानीय तहहरु जुटेका हुन् ।  त्यसअन्तरगर्त नारायण नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने भएको छ । सोमबार नगरपालिकाका मेयर रत्नबहादुर खड्काको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले एम्बुलेन्स खरिद गर्ने निणर्य गरेको हो ।

 मेयर खड्काका अनुसार दैलेख निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभाअन्तरगर्त स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट विनियोजित बजेटबाट कोभिड–१९ संकट व्यवस्थापनार्थ छोटो विधिबाट एम्बुलेन्स खदि गर्ने निणर्य भएको छ । बैठकले कोरोना भाइरस संक्रमण पहिचानका लागि स्वाब संकलन र एन्टिजेन परीक्षणका लागि ल्याब असिस्टेन्ट करारमा लिने निणर्य समेत गरेको छ ।

नगरपालिकाकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुको वैशाख १६ गतेबाट हुने भनिएको परिक्षा स्थगित गरेको मेयर खड्काले बताए । विद्यालय बन्द रहेपनि विद्यालयका शिक्षकहरु नियमित विद्यालयमा उपस्थित भई प्रधानाध्यापकको संयोजकत्वमा कोभिड–१९ नियन्त्रण जनचेतना अभिवृद्धि समिति गठन गरी महामारीबाट बच्ने उपाएहरुबारे समुदायमा प्रचारप्रसार गर्न नगरपालिकाले निर्देशन दिएको छ ।

कोभिड–१९को महामारी समुदाय स्तरमा फैलिसकेको अवस्थामा एन्टिजेन परीक्षणको दायरा बढाउने, बैदेशिक रोजगार र छिमेकी मुलुकबाट फर्किएका व्यक्तिहरुको अभिलेख राख्ने निणर्य भएको मेयर खड्काले बताए । उनका अनुसार कोभिड–१९ संकट व्यवस्थापनका लागि आवश्यक बजेट माग गरी प्रदेश सरकार र संघीय सरकारलाई पठाउने निणर्य भएको छ ।

प्रतिक्रिया