सुर्खेतमा दुईजना कोरोना संक्रमितको मृत्यु

सुर्खेतमा दुईजना कोरोना संक्रमितको मृत्यु

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको कालागाउँ प्रदेश अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमित विरामीको गएराति मृत्यु भएको छ ।अस्पतालका फोकल पर्सन डाक्टर केएन पौडेलले दुई जनाको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार भेरिगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको निधन भएको हो । भेरिगंगाका बिरामी बैशाख ५ र वीरेन्द्रनगरका विरामी बैशाख ११ गतेदेखि सो अस्पतालमा उपचाररत थिए ।

प्रतिक्रिया