६० घरपरिवारलाई स्वास्थ्य तथा सरसफाई सामग्री वितरण

६० घरपरिवारलाई स्वास्थ्य तथा सरसफाई सामग्री वितरण

दैलेख : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको दर बढ्दै जाँदा संक्रमण नियन्त्रण, रोकथाममा सहयोग पु¥याउन समुदायलाई समेत स्वास्थ्य सामग्री सहयोग गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले दैलेखको आठबीस नगरपालिका र अछामको पंचदेवल विनायक नगरपालिकाका दुई वटा समुदायमा स्वास्थ्य सामग्री वितरण गरेको छ । डिसीए नेपालको आर्थिक सहयोगमा संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।


अछामको पंचदेवल विनायक नगरपालिका–४ को कुजेडा गाउँका २९ घरपरिवारलाई नर्मल मास्क, हेण्ड स्यानीटाइजर, पलास्टिकको डस्वीन, स्टिलको फिल्टर र साबुन सहयोग गरिएको हो । यस्तै आठबीस नगरपालिका–३ स्थित कुमालखाडा गाउँका ३१ घरपरिवारलाई स्वास्थ्य तथा सरसफाई सामग्रीहरु नर्मल मास्क, हेण्ड स्यानीटाइजर, पलास्टिकको डस्वीन, स्टिलको फिल्टर र साबुन सहयोग गरिएको वितरण गरिएको छ ।

कुजेडा क्लाइमेट स्मार्ट भिलेज हो भने कुमालखाडा नमुना गाउँको रुपमा विकास गर्न थालिएको छ । यहाँका किसानहरुले व्यवसायिक रुपमा तरकारी तथा पशुपालन गरिरहेका छन् । सुरक्षाका मापदण्डहरु अपनाएर तरकारी बिक्री वितरण गर्न सहज होस् भन्नका लागि स्वास्थ्य तथा सरसफाई सामग्री वितरण गरिएको हो । आइतजार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा, पूर्व अध्यक्ष सिता राना, कार्यक्रम संयोजक पुस्कर शर्मा लगाएतको टोलीले समुदायमै पुगेर स्वास्थ्य तथा सरसफाई सामग्री वितरण गरेको हो ।

प्रतिक्रिया