दश मिनेटमै वजार वगरमा परिणत, उद्धार र राहत टोली दहिखोलामा
दहिखोला, पिपलकोट, दैलेख –होटलभरी सडकमा काम गर्ने ६० जना मजदुरसहित बसेका रावत होटल सञ्चाल गोकर्ण रावत एक्कासी लेकतिरबाट ठूलो आवाज सुनेपछि बाहिर निस्किए । ठूलो पानी परेकाले उनी बाहिर निस्किएर हेर्दा बाढी दहिखोलामा आइसकेको थियो ।
उनी भित्र पसेर सबैलाई बाहिर निकाले । बजार वरिपरिका सवैलाई बाढी आएको खबर गरे । ’दश मिनेटमै सबै सुरक्षित स्थानतिर लागे,’ उनले भने, ’एकै पटक बजार हेर्दाहेदै बगायो ।’ बजारका ११ घर केही पुरिए त केही बगेर कर्णाली नदीमा मिस्याएका छन ्। क्षण्भरमै लेकबाट आएको दहिखोलाले बजार बगरमा परिणत गरेको स्थानीय बताउँछन् । ६ घर दैलेखतिरका रहेका छन् भने ५ घर कालिकोटतिरका बगेका छन् । करिव १ करोडको क्षति भएको अनुमान प्रहरी र स्थानीयले गरेका छन् ।
ब्यापारिक केन्द्रसमेत थियो दहिखोला ’ठूलो पानी र असिना परिरहेको थियो,’ दहिखोलामा लामो समयदेखि होटल संञ्चालन गरिरहेका गोकर्ण रावत भन्छन्, ’मैले सबैलाई घर छोड्न भनेको १० मिनेटमै बजार बगर भयो । खुसीको कुरा त धनभन्दा नी धेरैको ज्यान बच्यो ।’ घर बग्नेहरुमा दैलेख पिपलकोट– ४ दहिखोलाका गोकर्ण रावत, कमल थापा, कलम गाहा, रामबहादुर बस्नेत, भगीराम थापा, हिक्मत रावत, जयबहादुर विष्ट र कृष्णबहादुर थापा रहेका छन्। त्यस्तै कालिकोट भत्ता – ६ दहिखोलाका जवनसिह सुनार, दत्तबहादुर रावत, मानबहादुर विष्ट, कलमबहादुर थापा, लालबहादुर कार्की, मानबहादुर बस्नेत र मनोज कार्कीको घर रहेको प्रहरीले जानकारी दिएको छ । खानो खोलामाथि ठूलाठूला ढुंगा आउन थालेपछि आफू भागेर बाचेको कटु बस्नेतले बताए। दहिखोला आसपास कालिकोट र दैलेखको सिमाना रहेको दहिखोलामा कर्णाली राजमार्ग सञ्चालनमा आएपछि बसेको बजार हो ।
एक जना मृत्यु, एक वेपत्ता
शुक्रबार साँझतिर आएको बाढीले घर पुरिदा एक जना महिलाको मृत्यु भएको छ । पुरिएको मृत्युहुनेमा वर्ष ३३ वर्षकी गिता थापामगर रहेकी
छिन् । त्यस्तै बेपत्ता हुनेमा सिहासैन – ९ का रंग विक रहेका छन् । भाग्दाभाग्दै पिपलकोटका विशाल सलामी घाइते भएका छन् । बाढी लगत्तै दहिखोलामा रहेका करिव १ सय २५ जना स्थानीय तथा रोडमा काम गर्ने कामदार भागेर ज्यान जोगाउन सफल भएका थिए । २ ट्याक्टर बगाएको छ भने एउटा मोटरसाइल बगाएको स्थानीयले बताए । घटनास्थलमा दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी प्रमुख वीरबहादुर ओली, समसुर गुल्मका गुल्मपती सुर्यकान्त घिमिरे, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा उद्धारका लागि आएका थिए । उद्धारमा स्थानीयका साथै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । पहिरोले सडक नै अवरुद्ध भए पछि यातायातका साधनहरु ठप्प भएका छन् ।
राहत वितरण
उद्धारका लागि आएको दैलेखको प्रमुख जिल्ला अधिकारी लुक वहादुर क्षेत्रीको टोलीले तत्कालका लागि मृतकको आमालाई रु.पच्चिस हजार र घर पुर्णरुपमा क्षेति भएका गोकर्ण रावतलाई रु पाँच हजार राहत वितरण गरेकोछ ।
प्रतिक्रिया