कर्णाली सरकार र अस्पताल विरुद्ध रिट दायर
सुर्खेत : मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र कर्णाली प्रदेश अस्पतालका नाममा उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ । काेराेना भाइरस (कोभिड–१९ )रोकथाम, नियन्त्रण र व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै अधिवक्ता गणेश ओलीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।
कोरोना संक्रमणको दोस्रो भेरियन्ट समुदाय स्तरसम्म व्यापक फैलिएर मृत्यु दर उच्च भएको कर्णालीमा प्रदेश सरकार र प्रदेश अस्पतालले संक्रमण रोकथाममा लापरवाही गरेको भन्दै कर्णाली सरकार र प्रदेश अस्पताल विरुद्ध ओलीले रिट दायर गरेका हुन् ।
आइतबार दायर भएको रिटमा नेपालको संविधान विपरित नागरिकको स्वास्थ्यमा खेलबाड गरिएको उल्लेख गरिएको छ । कोरोना महामारी नियन्त्रणमा प्रदेश सरकारले उल्लेख्य भुमिका खेल्न नसकेको भन्दै नेपालको संविधानमा व्यवस्था भए अनुसार नागरिकको स्वास्थ्यमा गम्भिर हुनुपर्नेमा प्रदेश सरकार लाचारी बनेको जनाइएको छ ।
शुक्रबार प्रदेश अस्पताल सुर्खेतले विरामीको चाप बढेपछि थप बिरामी नलिने सूचना जारी गर्नुले अस्पताल नै नागरिकको स्वास्थ्य प्रति संवेदनशिल नबनेका रिटमा उल्लेख छ ।
प्रतिक्रिया