दैलेखमा कोरोनाबाट २१ को मृत्यु

दैलेखमा कोरोनाबाट २१ को मृत्यु

दैलेख : दैलेखमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या २ हजार ५ सय ४३ पुगेको छ । बुधवार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमण पुष्टि हुनेको संख्या २ हजार ५ सय ४३ पुगेको हो । मंगलवार मात्रै एक सय ६ जनामा संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएका मध्ये १ हजार ९ सय ८ जना निको भईसकेका छन् । स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीका अनुसार कोरोनाबाट २१ जनाको मृत्यु भईसकेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय १४ छ ।
्ती मध्ये दैलेख अस्पतालको आइसोलेसनमा ३६ जना उपचाररत छन् । संक्रमण नियन्त्रणमा नआएपछि जेठ ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । स्थानीय तहका विभिन्न बस्तीमा ज्वरो, रुघाखोकीका बिरामी बढेका छन् ।

प्रतिक्रिया