यस्तो छ आर्थिक वर्ष २०७८/७९ को बजेट [पूर्ण पाठसहित]

यस्तो छ आर्थिक वर्ष २०७८/७९ को बजेट [पूर्ण पाठसहित]

काठमाडौँ : आगामी आर्थिक वर्षको बजेटको आकार बढेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/२०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत शनिबार २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएका हुन्। यो चालू आर्थिक वर्षको तुलनामा करिब २ खर्ब आकारले ठूलो मात्र छैन, लोक कल्याणका हिसाबाले उन्नतसमेत छ।

गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड,वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश/स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको अर्थमन्त्री पौडेलले बताए ।

यस्तै,खर्चको स्रोत व्यवस्थापनतर्फ राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड, वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड, न्यून हुन आउने रकम ५ खर्ब ५९ अर्ब ३० करोड ,वैदेशिक ऋण ३ खर्ब ९ अर्ब २९ करोड र आन्तरिक ऋण २ खर्ब ५० अर्ब अनुमान गरिएको छ ।

बजेटको पूर्णपाठ:

Budget Speech (Final)

प्रतिक्रिया