दृष्टिविहीन बालबालिकालाई सामग्री सहयोग

दृष्टिविहीन बालबालिकालाई सामग्री सहयोग

दैलेख : दैलेखका दृष्टिविहीन बालबालिकालाई सामग्री सहयोग गरिएको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले दृष्टिविहीन बालबालिकालाई सहयोग गरिएकोे हो ।
परियोजनाले दुल्लु नगरपालिका–७ दैलेखस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालय किर्तीखम्बमा अध्ययनरत दृष्टिविहीन बालबालिकाका लागि खेलकुद र मनोरञ्जनका सामग्री सहयोग गरेको हो ।
अपाङ्गता भएका बालबालिकालाई पनि उनिहरुको जीवनउपयोगी सिपमा विकास गर्न र प्रतिभा प्रस्तुत गर्न सहज होस भन्नका लागि सामग्री सहयोग गरिएको बताईएको छ । परियोजनाले हार्मोनियम, मादल, खैजडी, ब्रेल, किक्रेट बल, भलिबल, बासुरी, चेस बोर्ड, क्यारम बोर्ड लगाएतका सामग्री सहयोग गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिको अनुरोधमा सामग्री उपलब्ध गराईएको हो । सामग्री विद्यालयका प्रधानाध्यापक भुपालविक्रम शाहलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया