निर्वाचनका लागि अर्थले दियो ७ अर्ब ७२ करोड खर्चको सहमति

निर्वाचनका लागि अर्थले दियो ७ अर्ब ७२ करोड खर्चको सहमति

काठमाडौं : अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ ।निर्वाचन सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरू खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ ।

२०७८ साल कार्तिक २६ गते शुक्रबार पहिलो चरण र मङ्सिर ३ गते शुक्रबार दोस्रो चरण गरी सरकारले दुई चरणमा चुनाव गर्ने घोषणा गरेको छ । सो निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिइने अर्थ मन्त्रालयले जनाएको छ ।चुनावका विरुद्धमा परेको रिटमा भने अहिले सर्वोच्च अदालतमा बहस जारी रहेको छ ।

प्रतिक्रिया