शिक्षकले पेशाको गौरब गर्नुपर्छ ः क्षेत्रीय निर्देशक
दैलेख, जेठ २३ – मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्यायले शिक्षकले आफ्नो पेशाप्रति गौरब गर्न थाले मात्र शिक्षाको गुणस्तर सुधार हुने बताउनुभएको छ । बराह गाविसलाई आज पूर्ण साक्षर गाविस घोषणा गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले शिक्षकले पार्टी, एनजीओ वा व्यापारीको परिचय दिएर पछिल्तिर एउटा स्कूलमा पढाउने पनि गर्छु भन्ने गरेको टिप्पणी गर्नुभयो ।
क्षेत्रीय शिक्षा निर्देशक उपाध्यायले सबै शिक्षकले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरियो भने शिक्षाको गुणस्तर बढ्छ । शिक्षण पेशाप्रति आफैलाई गौरब लाग्छ अनि म शिक्षक भन्ने पहिलो परिचय बन्छ ।
पूण साक्षर गाविस घोषणाको अलवा पूर्ण घटना दर्ता, सुरक्षित सुत्केरी र पूर्ण खोपयुक्त सहित ४ वटा कार्य गर्न सफल गाविस घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले घोषणापछि कार्यान्वयन प्रणाली प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
स्थानीय विकास अधिकारी हरी प्याकुरेलले विकास निर्माण कार्य पारदर्शी र जवाफदेही बनाउन सके विकासमा जनश्रम परिचालन सहज हुने र विकासको प्रतिफल विपन्न निमुखाले समेत पाउने बताउनुभयो ।
जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद अधिकारीले बढ्दो प्रतिस्पर्धाको युगमा सरकारी विद्यालयको शिक्षण प्रक्रिया र सिकाई उपलब्धी गुणस्तरीय बनाउन जरुरी रहेको धारणा राख्नुभयो ।
त्यस बखत जिल्ला स्वास्थ्य कार्यालयका डा. राजकुमार बिकले स्वस्थ आमा र शिशुले सक्षम नागरिक र सभ्य समाज बनाउन सक्ने भएको स्वस्थकर बानी व्यवहार घरका सबै परिवारमा आवश्यक रहेको दर्शाउनुभयो ।
गाविस सचिव दिलिप ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार अमर सुनार, श्रोत दिपक बीसी, काँगे्रस नेता सूर्यबहादुर शाही, महिला नेतृ नरमा गुरुङ्ग लगायतले बोल्नुभएको थियो । त्यस बखत गाउँगाउँबाट आएको झाँकी, जुलुसले गाउँ परिक्रममा र कार्यक्रमस्थलमा लोक साँस्कृतिक कार्यक्रमहरु प्रस्तूत गरिएको थियो ।
प्रतिक्रिया