खाेलाले बगाएकी अपरिचित महिला फेला

खाेलाले बगाएकी अपरिचित महिला फेला

दैलेख : गुराँस गाउँपालिका-५ गाेगनपानीमा भैरी खाेलाले बगाएर ज्यान गुमाएकी अन्दाजी २० वर्षकी अपरिचित महिलाको शव फेला गरेकाे प्रहरीले जनाएको छ ।
भैरी खाेलाले बगाएर ल्याएकाे ती महिलाकाे शव पराजुली खाेलामा नपुग्दै बिउराखेत नजिक भैरी खाेलाकाे किनारामा फेला परेकाे दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयाे ।
गाेगनपानी, पिलाडी, लालीकाँडा र अवलपराजुलबाट हराएका काेही छन् कि भनेर खाेजबिन गर्दा समेत पत्ता नलागेकाेले बाहिर कतैबाट आएकी हुनसक्ने डीएसपी श्रेष्ठले बताउनुभयाे ।
गाैतमबुद्धकाे चित्र अंकित खैराे टीसर्ट र सुरुवाल लगाएकाे अवस्थामा फेला परेकाे ती मृृत महिलाकाे शव पाेष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको बताएको छ ।

प्रतिक्रिया