मानव बेचबिखनविरुद्ध कार्ययोजना तयार

मानव बेचबिखनविरुद्ध कार्ययोजना तयार

सुर्खेत : मानव बेचबिखन तथा ओसार पसारका गतिविधि बढ्न थाले पछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा त्यस्ता कार्य रोक्न कार्ययोजना तयार गरिएको छ । सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूको सक्रियतामा सो कार्ययोजना तयार गरिएको हो ।

कर्णाली प्रदे शका विभिन्न जिल्ला तथा सुर्खेतकै विभिन्न पालिकाबाट वीरेन्द्रनगर ल्याएर भारतमा बेचबिखनका लागि लैजाने गरिएको पाइएको कार्ययोजनामा उल्लेख छ । कार्ययोजना निर्माणपछि बेचबिखन तथा ओसार पसारमा चुस्त निगरानी गर्न सकिने बताइएको छ ।

कार्ययोजनाअनुसार कात्तिक महिनाभित्र जिल्लाका नौ वटैपालिकामा मानव बे चबिखन तथा ओसार पसार विरुद्धको पालिकास्तरीय समिति गठन गरिनेछ । यस्तै आगामी मङ्सिर महिनाभित्र कर्णाली प्रदेश प्रवे श गर्ने नाकासुर्खेतको बबईमा सोधपुछ तथा अभिलेखीकरण कक्ष स्थापना गर्ने तथा बालबालिका खोजतलास समन्वय केन्द्र निर्माण गरिनेछ ।

यस्तै वीरेन्द्रनगरको सिटी बसपार्क तथा भेरीगङ्गाको छिन्चुस्थित बसबिसौनीमा डिजिटल नोटिसबोर्ड राख्ने, जिल्लामा रहे का बालगृहको अनुगमन गर्ने, रोजगारका लागि विदेश जाने दरमा कमी ल्याउने, मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी घटनालाई तथ्याङ्कीकरण गर्ने तथा सचेतना कार्यक्रम गर्ने लगायतका कार्यक्रम सो कार्ययोजनामा उल्लेख छ ।

प्रतिक्रिया