कृषकहरुलाई जैविक विषादी बनाउन सिकाईयो (तस्विरहरु सहित)

कृषकहरुलाई जैविक विषादी बनाउन सिकाईयो (तस्विरहरु सहित)

दैलेख : दैलेखको दुल्लु नगरपालिका–१ देउतीचौरस्थित जनचेतना कृषि समूहका सदस्यहरुलाई जैविक विषादी (झोल मल) बनाउन सिकाईएको छ । समुहका २० जना कृषकहरुलाई जैविक विषादी (झोल मल) बनाउन सिकाईएको हो ।

यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा सञ्चालित जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना अन्तरगर्त जैविक विषादी (झोल मल) बनाउन सिकाईएको हो ।

जनचेतना कृषि समूहले सामुहिक रुपमा आलु खेती गरेको छ । आलु खेतीमा डढुवा रोग देखिन थालेपछि त्यसको रोकथामका लागि प्रयोग गर्ने गरी जैविक विषादी (झोल मल) बनाउन सिकाईएको उत्थान परियोजनाका कृषि प्राविधिक संगम विस्टले जानकारी दिइन् ।

प्रतिक्रिया