बोक्सीको आरोपमा हत्या गर्नेलाई सर्वस्व सहित जन्मकैद

बोक्सीको आरोपमा हत्या गर्नेलाई सर्वस्व सहित जन्मकैद

दैलेख, असार १२ – दैलेखमा बोक्सीको आरोपमा एक महिलाको हत्या गर्ने व्यक्तिलाई अदालतले सर्वस्व सहित जन्मकैद गरेको छ । जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासबाट सो फैसला भएको हो ।
दैलेखको मेहेल्तोली गाविस वडा नं. २ का १९ वर्षीय भक्तबहादुर खड्काले भाउजु नाता पर्ने छिमेकी १९ वर्षीया बिपना खड्कालाई गत वैशाख २० गते बोक्सी हटाउने भन्दै कुटीकुटी हत्या गरेको अभियोगमा सो सजाय भएको हो ।
आफूले विवाह गर्न चाहेकी केटीलाई ‘केटो त्यति इमान्दार छैन’ भनी दिएका कारण विवाह गर्न नपाएको विषयमा बदला फेर्न आफूलाई देउता चढेको बहाना गरेर बिपनालाई ‘बोक्सी छे, यसको बोक्सी हटाउने’ भन्दै कुटेको र त्यही चोटले उनको ज्यान गएको प्रहरी र अदालतमा समेत बयान दिएका थिए ।
सामान्य कुरामा महिलालाई महिनौंदेखि बोक्सी जस्तो जगघण्य आरोप लगाउदै आएको र गाउँ समाजले छुट्टयाउदा समेत अमानवीय ढंगबाट कुटपीट गरी हत्या गरेको खुलेपछि सर्वस्व सहित जन्मकैद भएको श्रेष्तेदार अधिकृत गोविन्द आचार्यले जानकारी दिनुभयो ।
मुलुकी ऐनको ज्यान सम्वन्धी महलको १३ (३) बमोजिम सर्वस्व सहित गरिएको जन्मकैदमा अभियुक्तले २० वर्ष कैद भुक्तान गर्नुपर्ने र निजको अंशमा पाउने जग्गा जमिन वा सम्पति राज्यकोषमा जम्मा हुने व्यवस्था छ ।

प्रतिक्रिया