लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : नमुनाबस्तीका महिलाहरुलाई सेनेटरी प्याड वितरण

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : नमुनाबस्तीका महिलाहरुलाई सेनेटरी प्याड वितरण

 

दैलेख : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अबसरमा दैलेखका महिला तथा किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ । नारायण नगरपालिका–१ स्थित नमुना बस्तीका महिला तथा किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरिएको हो । युथ एण्ड लिगल एड्भोकेसीको आयोजना तथा मोटे ग्याङ्ग नेपालको समन्वयमा महिलाहरुलाई सेनेटरी प्याड वितरण गरिएको हो ।

महिला तथा किशोरीहरुलाई महिनावारीको समयमा हुने समस्यालाई मध्यनजर गर्दै सेनेटरी प्याड वितरण गरिएको युथ एण्ड लिगल एड्भोकेसीका बिनिता बोगटीले बताइन् । बोगटीका अनुसार ८० जना महिला तथा किशोरीका लागि सेनेटरी प्याड उपलब्ध गराईएको हो । स्वस्थ र सुरक्षित महिनावारी हरेक महिलाको अधिकार भएकाले सेनेटरी प्याडको बारेमा डराएर नभई खुलेर कुरा गर्नुपर्ने बोगटीको भनाई छ ।

दैलेख सदरमुकामस्थित गढीमा आयोजित सेनेटरी प्याडड वितरण कार्यक्रममा नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ, ओरेक नेपालका कार्यक्रम अधिकृत सिर्जना कार्की, पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा, पत्रकारद्धय अमर सुनार र हिक्मत नेपाली, मोटे ग्याङ्ग नेपालका युवाहरु लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया