चोट लागेको अवस्थामा वेवारिशे भेटिइन बालिका

चोट लागेको अवस्थामा वेवारिशे भेटिइन बालिका

दैलेख : दैलेखमा एक बालिका वेवारिशे अवस्थामा फेला परेकी छिन् । कुपोषितले ग्रस्त ती बालिकाको परिचय खुल्न सकेको छैन् । बालिका शनिवार जिल्लाको दुल्लु नगरपालिका–७ खेतगाउँस्थित जंगलमा वेवारिशे अवस्थामा भेटिएकी हुन् । बालिकालाई स्थानीय सुर्यबहादुर रावतले फेला पारेका थिए ।

वेवारिशे अवस्थामा बालिका जंगलमा फेला परेपछि रावतले इलाका प्रहरी कार्यालय दुल्लुमा खबर गरेका थिए । दुल्लु प्रहरीले आवाज संस्थासँग समन्वय गरेर जिल्ला सदरमुकाम पठाएको छ ।

बालिकाको शरिरमा निलडाम, चोट लागेको र शरिर कोतरिएको अवस्था छ । उनको आँखाको बाँया भागमा समेत चोट छ । उनलाई दुल्लुबाट उद्दार गरी दैलेख सदरमुकाम ल्याएर दैलेख अस्पतालमा उपचार पछि सोसेक नेपालद्धारा सञ्चालित महिला र बालबालिका केन्द्र (सेल्टर) मा राखिएको छ ।

ती बालिका बोल्न समेत सक्दिनन् । बालिकाको अभिभावक तथा परिवारबारे पत्ता लाग्न नसकेको बाल हेल्पलाइन १०९८ दैलेखका संयोजक रमा श्रेष्ठले बताइन् । ‘कुपोषितले ग्रस्त ती बालिकाको शरिरका विभिन्न भागमा चोटपटक र निलडाम छ,’ उनले भनिन् ‘बालिका, उनको अभिभावक वा आफन्तलाई चिन्न जो कोहीले बालिकाको अवस्थाबारे बालिकाको अभिभावक र आफन्तलाई खबर गरिदिन आग्रह गर्दछु ।

प्रतिक्रिया