मतदाता नामावली स्थानीय तहमै

मतदाता नामावली स्थानीय तहमै

दैलेख : दैलेखमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखद्धारा दैलेख सदरमुकाममा आयोजित मतदाता नामावली संकलनसम्बन्धी सरोकारवाला निकायहअरुसँको अन्तरक्रियाका कार्यक्रममा यस्तो जानकारी दिईएको हो ।

जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाका अनुसार जिल्लाको ९ वटा स्थानीय तहमा नामावली संकलन विशेष कार्यक्रम सञ्चालन हुनेछ । स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न पाँच वटा दर्ता टोली परिचालन हुने जिल्ला निर्वाचन अधिकारी काउचाले जानकारी दिइन् । उनका अनुसार पहिलो चरणमा आठबीस र चामुण्डाविन्द्रासैनी नगरपालिका, महाबु, गुराँस र भगवतीमाई गाउँपालिकामा कार्यक्रम सञ्चालन हुने छ ।

यस्तै दोस्रो चरणमा ठाटीकाँध, भैरबी, नौमूले र डुङ्गेश्वर गाउँपालिकामा मतदाता नामावली संकलन हुने छ । कार्यालयका अनुसार मतदाता नामावली संकलन विशेष कार्यक्रम अन्तरगर्त स्थानीय तहको केन्द्रमा नामावली संकलन गरिनेछ । हरेक स्थानीय तहमा १० दिनसम्म मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन हुनेछ । मतदाता नामावली संकलन विशेष कार्यक्रम यहि मंसिर १७ गतेदेखि पुष ८ गतेसम्म सञ्चालन हुनेछ ।

यस्तो छ मतदाता नामावली संकलन विशेष कार्यक्रमकाे कार्यतालिका

 

प्रतिक्रिया