राउटेले पाए बल्यांकेट

राउटेले पाए बल्यांकेट

सुर्खेत : कर्णालीको दैलेख, सुर्खेत, सल्यान लगाएतका जिल्लामा फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख राउटे समुदायलाई बल्यांकेट वितरण गरिएको छ । नेपालगंजका व्यापारी हिरासिंह सुनारले राउटे समुदायमा बल्यांकेट वितरण गरेका हुन् । केहिबर्षअघि पनि राउटे समुदायलाई सहयोग गरेको र अहिले चिसोको समयमा समुदायमा बल्यांकेट वितरण गरेको सुनारले बताए ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा सञ्चालित राउटे परियोजनाको सहजिकरणमा बल्यांकेट वितरण गरिएको हो । सुर्खेतको सिम्ता गाउँपालिका–४ भेरी किनारमा बसोबास गरिरहेका राउटे समुदायका ४१ घर परिवारलाई बल्यांकेट वितरण गरिएको हो ।

३७ घरपरिवारलाई एक÷एक वटाका दरले र परिवार संख्या ठूलो रहेका ४ घरपरिवारलाई दुई दुई वटाका दरले बल्यांकेट उपलब्ध गराईएको राउटे परियोजनामार्फत समुदायमा खटिएका जोडी शिक्षक लालबहादुर खत्रीले बताए । अहिले राउटेको जनसंख्या १ सय ४६ छ ।

प्रतिक्रिया