हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

दैलेख : दैलेखबाट एक गर्भवती महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको आठबीस नगरपालिका वडा नम्बर ६ बाजकाटियाकी २७ बर्षीया सृजना रोका मगरलाई उद्धार गरिएको हो । स्थानीय स्वास्थ्य चौकी सिंहासैनमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरद्वारा कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाईएको हो ।

उनलाई नेपाली सेनाको हेलिकप्टरमा कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा लगिएको हो । स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेको र गर्भवती महिलाको स्वास्थ्य जोखिममा रहेको अवस्थामा उनलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको स्थानीय खगेन्द्र शाहीले बताए ।

उनले गर्भवती महिलाको जीवन रक्षाको लागि उद्धार गरी हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा पु¥याउन पहल गर्ने स्थानिय सरकार, प्रदेश सरकार लगायत सरोकारवाला सबैलाई धन्यवाद समेत दिएका छन् ।

 

प्रतिक्रिया