आज तेस्रो अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस

आज तेस्रो अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस

दैलेख : आज तेस्रो अन्तर्राष्ट्रिय मर्यादित महीनावारी दिवस । ‘मर्यादित रजोनिवृतिः हाम्रो अधिकार’ भन्ने नाराका साथ मुलुकका विभिन्न जिल्लामा विविध कार्यक्रम गरिँदैछ । दिवसको अबसरमा महिनावारीलाई मर्यादिन बनाउनका लागि काम गरिरहेका सरकारी तथा गैरसरकारी संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरेका छन् ।

विगत तीन वर्षदेखि डिसेम्बर ८ लाई विश्वभर मर्यादिन महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो ।

महिनावारीका विषयमा सरसफाइको दृष्टिकोणबाट बहस छलफल भए पनि महिनावारीका कारण किशोरी/महिलामाथि गरिने विभेद, लाञ्छनाहरुको बारेमा अझै धेरै बोल्नुपर्ने आवश्यकता भएकाले यो दिवस मनाउन थालिएको मर्यादित महिनावारीकी अभियन्ता राधा पौडेल बताउँछिन् ।

दिवसमा महिनावारीलाई लिएर कुनै पनि प्रकारको भेदभाव, दुव्र्यवहार नगरी महिलाहरुलाई मर्यादापूर्वक जिउने वातावरण सिर्जना गर्नु सबैको जिम्मेवारी रहेकोमा जोड दिईएको छ ।

प्रतिक्रिया