बाल विवाह गर्ने दुई जना पक्राउ

बाल विवाह गर्ने दुई जना पक्राउ

दैलेख : दैलेखमा बाल विवाह गर्ने एक जोडी पक्राउ परेका छन् । बाल विवाह गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद शाहका अनुसार दैलेखको नारायण नगरपालिका वडा नं. ५ बस्ने बिशाल सुनारले परिवर्तित नामथर ६२ ‘ख २२’ लाई मंसिर २६ गते बाल विवाह गरी घरमा ल्याई राखेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई दैलेख जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान थालेका डीएसपी शाहले बताए ।

प्रतिक्रिया