अनेरास्वीयुले विद्यार्थीलाई सम्मान गर्ने ।।

अनेरास्वीयुले विद्यार्थीलाई सम्मान गर्ने ।।

भिम सिजापति
अनेरास्वियु जिल्ला कमिटी दैलेखमा बसेको पदाधिकारि वैठकले २०७३ असार २ मा प्रकासित नतिजाबाट दैलेख जिल्ला भरका एस एल सिमा A+, A , B+, B  ल्याउने सम्पूर्ण विद्याथीहरुलाई बधाई शुभकामना तथा विषेश सम्मान कार्यक्रम २०७३ यहि असार २९ गते जिल्ला विकास समितिको हलमा गर्ने निर्णय गरेको छ । सामाजिक परिवर्तनका लागी शैक्षिक जागरणको कार्य दिशालाई आत्मसाथ गदै अनेरास्वियुले एस एल सि मा २०७३ असार २ गते प्रकाशित नतिजा बाट A+, A , B+, B ल्याइ उतिर्ण हुने विद्याथिलाई बधाई तथा शुभकामनाका साथै विषेश सम्मान कार्यक्रम गर्ने भएको हो । लगन सिल मेहेनेती विद्याथीलाई पढाईमा अझै होैसला बढोस भनी यस्तो कार्यक्रमको आयोजना गरिएको अनेरास्वियु जिल्ला कोषध्यक्षय हेमन्त दशौदिले जानकारि दिनुभएको छ ।

प्रतिक्रिया