स्वामी वृक्ष संरक्षणमा स्थानीयले गरे, लाखौं खर्च

स्वामी वृक्ष संरक्षणमा स्थानीयले गरे, लाखौं खर्च

दैलेख, साउन ४ – पंचकोशी क्षेत्र अन्तर्गत नाविस्थानमा रहेको पुरानो विशाल स्वामीको वृक्ष संरक्षणमा स्थानीयहरुले लाखौं रकम खर्च गरेका छन् । आफ्नो पुर्खाले लगाएको वृक्षको सम्झाना गर्दै संरक्षणका लागि उनीहरुले पैसा उठाएर खर्च गरेका हुन् ।

संरक्षण गरेको स्वामीको वृक्ष तथा चौताराको उद्घाटन गर्दै स्थानीय विकास अधिकारी हरि प्याकुरेल
संरक्षण गरेको स्वामीको वृक्ष तथा चौताराको उद्घाटन गर्दै स्थानीय विकास अधिकारी हरि प्याकुरेल

रावतकोट घर भई नेपालजंग बस्दै आएका ८० वर्षिया वृद्ध पुराणप्रसाद शर्मा शास्त्रीको नेतृत्वमा स्वामीको वृक्ष संरक्षण गरिएको हो । जाजरकोटबाट बाल्यकालमा पुराणका बुवा पण्डित नारायणदत्तले ल्याएर लगाएको वृक्ष अहिले निकै ठुलो भएको र संरक्षण नहुँदा जडाहरु लथालिङ्ग भएपछि चौतारा बनाईएको हो । स्वामीको वृक्ष विक्रम सम्वत १९७३ सालमा नाविस्थानमा लगाईएको शिलालेखमा उल्लेख छ । मंगलवार एक कार्यक्रम गरी स्वामीको वृक्ष संरक्षण तथा चौतारा निर्माणको समुद्घाटन गरिएको छ । स्थानीय विकास अधिकारी हरि प्याकुरेलको प्रमुख अतिथ्यमा कार्यक्रममा गरिएको हो । स्थानीय विकास अधिकारी प्याकुरेलले सामाजिक कार्यमा आफ्ना पुर्खाले पु¥याएको योगदानलाई स्वामीको वृक्षको संरक्षण गरेको पुण्य काम गरेको बताए । कार्यक्रममा नाविस्थान संरक्षण समितिका अध्यक्ष तथा पदाधिकारीहरु, समाजसेवी जंगजग थापा, खड्कबहादुर सिजापती लगायत सहभागी भएका थिए ।
संरक्षण तथा चौतारा निर्माणका लागि पुराणप्रसाद शर्मा शास्त्रीले १ लाख २५ हजार, विष्णुप्रसाद शर्माले २५ हजार, डा. भागवतप्रसाद शर्मा

संरक्षण गरिएको विशाल नाविस्थानमा रहेको स्वामीको वृक्ष
संरक्षण गरिएको विशाल नाविस्थानमा रहेको स्वामीको वृक्ष

शास्त्रीले २५ हजार, भागवत हमाल रिजालले २५ हजार, कृष्णप्रसाद शर्माले ५ हजार, सरस्वती तिमेल्सेनाले ५ हजार, डम्वरकुमारी तिमेल्सेनाले ५ हजार, शशि गौतमले ५ हजार र कल्पना रेग्मीले ५ रुपैया गरी २ लाख २५ हजार रुपैँया खर्च गरी स्वार्मीको वृक्ष संरक्षण तथा चौतारा निर्माणमा खर्च गरिएको जनाईएको छ । अघिल्लो वर्षमा जिल्ला विकास समितिले १ लाख रुपैँया खर्च गरेर वृक्षको मुनि माटो हाल्ने काम गरेको थियो । पंचकोशी तिर्थस्थलमध्ये निकै महत्वपूर्ण स्थान रहेको नाविस्थानमा संरक्षण गरिएको स्वामीको वृक्ष हेर्न वर्षेनी यहाँ हजारौं मानिसहरु आउने गर्दछन् । स्वामीको वृक्षमै गणेशको मुर्तीको आधार हेर्न सकिन्छ । यसअघि वृक्ष र वृक्षमा रहेका गणेश आकृती हेर्नका लागि भक्तजनहरुको घुईचो लाग्ने भएपनि कहिले र कस्ले रोपेको भन्ने शिला नहुँदा अन्यौलमा हुने भएपनि अहिले वृक्षमुनी वृक्षका बारेमा सम्पूर्ण जानकारी सहितको शिला राखीएको छ ।

प्रतिक्रिया