महिला स्वास्थ्य स्वयंम सेविकालाई स्वच्छता साक्षरता कक्षा सहजकर्ता तालिम

महिला स्वास्थ्य स्वयंम सेविकालाई स्वच्छता साक्षरता कक्षा सहजकर्ता तालिम

दैलेख : जिल्लाको महाबु गाउँपालिकामा पूर्ण सरसफाई एवं स्वच्छता प्रर्वद्धनका लागि स्वच्छता साक्षरता कक्षा सहजकर्ता तालिम सुरु भएको छ । हेल्भेटास नेपालको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहजिकरणमा तीन दिने तालिम सञ्चालन गरिएको हो ।

तालिममा हेल्भेटास नेपाल÷एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम र महाबु गाउँपालिकाको साझेदारी तथा सोसेक नेपालको प्राविधिक तथा सामाजिक सहजिकरणमा खानेपानी तथा सरसफाई योजना सञ्चालनमा रहेका वडाका महिला स्वास्थ्य स्वयंम सेविकाहरु सहभागि छन् ।

तालिम उद्घाटन कार्यक्रममा महाबु गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश दसौदी, सोसेक नेपालका अध्यक्ष हीरासिंह थापा, हेल्भेटास नेपालका वास अधिकृत सञ्जु श्रेष्ठ लगाएत सहभागि थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष बुढाले गाउँटोल र घर वरपरको सरसफाईसहित महिनावारी स्वच्छतामा पनि ध्यान दिनुपर्ने बताइन् । महिला स्वास्थ्य स्वयंम सेविकाहरु समाजमा सरसफाई एवं स्वच्छता प्रर्वद्धनका संवाहक समेत रहेको उपाध्यक्ष बुढाको भनाई छ ।

सोसेक नेपालका अध्यक्ष थापाले समाजमा कायमै रहेको छाउपडी पर्था अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘समाजमा छाउपडी पर्था, जातीय विभेद जस्ता कुरिति र कुसंस्कार कायमै छन्, ती कुरिति र कुसंस्कार अन्त्य गर्नु अहिलेको आवश्यकता हो,’ थापाले भने । उनले बाल विवाह न्यूनिकरणका लागि सबैको पहल र ऐक्यबद्धता आवश्यक रहेको समेत बताए ।

प्रतिक्रिया