चिसोमा न्यानो जुत्ता पाउँदाको खुसी

चिसोमा न्यानो जुत्ता पाउँदाको खुसी

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–१ स्थित बालन शिक्षा मन्टेश्वरी तथा चाईल्ड केयर सेन्टरमा अध्ययनरत एक सय ५० जना बालबालिकाहरुले जुत्ता प्राप्त गरेका छन् । चिसो मौषममा निशुल्क न्यानो जुत्ता पाएसँगै उनिहरु खुसी देखिन्थे । स्कुले उमेरका स–साना बालबालिकाहरुको मुहार हसिलो देखिन्थ्यो । बालबालिकालाई जनउत्थान सामुदायिक लघुवित्त बित्तिय संस्था लि.को सहयोगमा न्यानो जुत्ता उपलब्ध गराएको हो । बालन शिक्षा मन्टेश्वरीको आयोजना तथा जनउत्थान सामुदायिक लघुवित्तको सहयोगमा आइतवार बालबालिकालाई जुत्ता सहयोग गरिएको हो ।

चिसोबाट बचाउन बालबालिकाहरुलाई जुत्ता सहयोग उपलब्ध गराईएको मन्टेश्वरीका प्रिन्सीपल रचना सुनारले बताइन् । ‘चिसो मौषममा बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै सामुदायिक लघुवित्त बित्तिय संस्थाको सहयोगमा जुत्ता उपलब्ध गराएका हौँ,’ प्रिन्सीपल सुनारले भनिन् ‘यस अघि नै जुत्ता वितरण गर्ने कार्यक्रय तय भएपनि कोरोना संक्रमणका कारण विद्यालयहरु बन्द भएपछि रोकिएको थियो ।’

अभिभावकको समेत उपस्थितीमा सामाजिक दुरी कायम गरेर बालबालिकाहरुलाई जुत्ता वितरण गरिएको सुनारको भनाई छ । १० देखि १५ जना संख्यामा बालबालिकालाई मन्टेश्वरी (विद्यालयमै) न्यानो जुत्ता उपलब्ध गराईएको हो । उनले चिसोको समयमा बालबालिकालाई न्यानो जुत्ता उपलब्ध गराउने जनउत्थान सामुदायिक लघुवित्त बित्तिय संस्थालाई धन्यवाद ज्ञापन गरिन् ।

जनउत्थानले संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गगत विभिन्न सहयोग गर्दैै आएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोखरेलका अनुसार कोराना संक्रमित सदस्यहरुलाई औषधी उपचार खर्च, पौष्टिक आहार प्रदान गर्ने गरेको छ । औषधी उपचार खर्च बिल अनुसार बढीमा पाँच हजार र पौष्टिक आहार स्वरुप १ क्यारेट अण्डा प्रदानगर्ने गरेको प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । त्यस्तै संस्थाले ग्राहक संरक्षण कोष नीति अन्र्तगत रही सुत्केरी हुँदा सुत्केरी स्याहार तथा पौष्टिक आहार खर्च, औषधी उपचार खर्च, मृतकको परिवारलाई किरिया खर्च तथा मृतक सदस्यको ऋण मिनाहा जस्ता शिर्षकहरुमा सहयोग गर्दै आइरहेको छ ।

समुदायमा पछाडी परेका र पारिएका लक्षित समुदाय, मुक्तकमैया, मुक्तहलिया, सुकुम्बासी तथा द्वन्द्व पीडित, दलित, महिला र विपन्न समुदायका सदस्यहरुलाई समुहमा आबद्ध गरी वित्तीय सेवा मार्फत आर्थिक उपार्जनका साथै रोजगार सिर्जना गरी राष्ट्रलाई टेवा पु¥याई सामाजिक र आर्थिक रुपान्तरणमा सहयोग पु¥याउने मुख्य उद्देश्य रहेको संस्थाले जनाएको छ ।

वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुटवल उपमहानगरपालिका–१२ कालिकानगर रुपन्देहीमा छ । हाल संस्थाले ६ वटा प्रदेशका १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु स्थापना गरी करिब ४८ हजार समुह सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

 

 

 

प्रतिक्रिया