हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

दैलेख : दैलेखमा एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । आठबिस नगरपालिका –८ तिलेपाटाकी २४ वर्षीया हीरा बडुवाललाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ । मंगलबारदेखि नै सुत्केरी व्यथा लागेर थलिएकी बडुवालको आठबिस नगरपालिका –९ मा रहेको सामुदायिक स्वास्थ्य इकाई छेपाडीमा बच्चा जन्माउन कठिन भएपछि ठाटिकाँध गाउँपालिकामा रहेको प्रथामिक स्वास्थ्य केन्द्रमा रिफर गरेको थियो ।

प्रथामिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट लक्ष्मी रावतले प्रथमिक स्वास्थ्य केन्द्रमा ल्याएर उपचारपछि बच्चा जन्मिएको बताइन्। उनले बच्चा जन्मिए पनि बच्चाको तौल कम भएको र रक्तश्राव अत्यधिक भएपछि प्रशासनमार्फत हेलिकप्टर मगाएर प्रथामिक स्वास्थ्य केन्द्रबाट सुत्केरीको उद्धार गरिएको बताइन् ।

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सुत्केरी महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारीपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी बडुवालको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको बताए । आर्थिक वर्षको साउनदेखि माघ १९ गतेसम्म दश जना सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार भएको उनको भनाइ छ । बिहान ८ बजे आएको हेलिकोप्टरले बडुवाललाई प्रदेश अस्पताल सुर्खेत पु¥याएको थियो ।

प्रतिक्रिया