नमुना बस्तीका स्थानीयले गरे काँग्रेस केन्दीय सदस्य रानालाई बधाई तथा सम्मान

नमुना बस्तीका स्थानीयले गरे काँग्रेस केन्दीय सदस्य रानालाई बधाई तथा सम्मान

दैलेख : जिल्ला सदरमुकामस्थित नमुना बस्तीका स्थानीयले नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीता कुमारी रानालाई बधाई तथा सम्मान ज्ञापन गरेका छन् । आइतवार नमुना बादी बस्तीमै स्थानीयले एक कार्यक्रम आयोजना गरेर केन्द्रीय सदस्य रानालाई बधाई तथा सम्मान ज्ञापन गरेका हुन् । लामो समयदेखि नमुना बादी बस्तीका नागरिकको अधिकार प्राप्तीको सन्दर्भमा विभिन्न सहयोग पुर्याउँदै आएकी केन्द्रीय सदस्य रानालाई स्थानीयले भव्य स्वागत तथा बधाई ज्ञापन गरेका हुन् ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट राना केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । दैलेखको इतिहासमै उनि नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुने पहिलो नेता हुन् । स्थानीयले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य रानाले नमूना बस्तीका नागरिकहरुको अधिकार प्राप्तीको संघर्षमा आफ्नो साथ र सहयोग रहने बताइन् । बर्षौदेखि लालपुर्जा विहिन रहेका नमुना बादी बस्तीका नागरिकहरुको आधारभुत आवश्यकता पुरा गर्न आफुले सक्दो पहल गर्ने केन्द्रीय सदस्य रानाको भनाई थियो ।

नमुना बस्तीका स्थानीयले दैलेख जिल्लाले पहिलो पटक काँग्रेस केन्द्रीय समितिमा प्रतिनीधित्व गर्ने महिला नेता पाएकोमा खुसी व्यक्त गरेका छन् । काँग्रेस केन्द्रीय समितिमा पहिलो पटक आफ्नै दिदिबहिनी पाएकोमा खुसी लागेको नमुना बस्तीका स्थानीय पवित्रा बादीको भनाई छ । नमुना बस्तीका नागरिकले बर्षौदेखि भोग्दै आएको समस्या समाधान हुनेमा आशा पलाएको उनले बताइन् ।

बधाई तथा सम्मान कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनीधि कमला चन्द, नेपाल महिला संघ दैलेखका सचिव दुर्गा श्रेष्ठ, नमुना बस्तीका स्थानीयको सहभागिता थियो ।

प्रतिक्रिया