एमाले सांसद बानियाँविरुद्ध करणी अभियोगमा पक्राउ पूर्जी जारी

एमाले सांसद बानियाँविरुद्ध करणी अभियोगमा पक्राउ पूर्जी जारी

काठमाडौँ : एमाले सांसद मोहन बानियाँविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । जबरजस्ती करणी अभियोगमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । जिल्ला अदालत बाँकेले पक्राउ पूर्जी जारी गर्नका लागि अनुमति दिएको डीएसपी मदुसुधन न्यौपानेले जानकारी दिए ।

नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । पीडित महिलाले सांसद बानियाँ विरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

बाँकेका सीडीओ सूर्यबहादुर खत्रीले सांसद बानियाँविरुद्ध उजुरी दर्ताभएपछि अदालतबाट पक्राउ पूर्जी आएको र यो स्वाभाविक प्रक्रिया भएको बताए । सांसद बानियाँ पिछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया