बालबालिकालाई जीवन उपयोगी सीप सम्बन्धी तालिम

बालबालिकालाई जीवन उपयोगी सीप सम्बन्धी तालिम

दैलेख : बाल क्लबका पदाधिकारी तथा सदस्यहरुलाई जीवन उपयोगी सीप सम्बन्धीको दुई दिने तालिम सम्पन्न भएको छ । जिल्लाको गुराँस गाउँपालिका वडा नं. २ तल्लो डुंगेश्वरस्थित महादेव माध्यामिक विद्यालयमा गठित महादेव बाल क्लबका पदाधिकारी तथा सदस्यहरुलाई तालिम प्रदान गरिएको हो ।

बाल क्लबको आयोजना तथा गुराँस गाउँपालिकामा सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तरगर्त लैङ्गिकता तथा समावेशीकरण (एलजीबीटीआई) परियोजनाको सहजिकरणमा तालिम प्रदान गरिएको हो ।

बाल क्लबका पदाधिकारी तथा सदस्यहरुलाई जीवन उपयोगी सीपहरुबारे क्षमता अभिबृद्धि गर्ने उदेश्यले तालिम सञ्चालन गरिएको परियोजना संयोजक सजना सुनारले बताइन् । तालिममा महादेव बाल क्लबका पदाधिकारी र सदस्य गरी १५ जना बालबालिका सहभागि थिए ।

जीवन उपयोगी सिपहरु कहाँ कसरी र कस्तो अवस्थामा प्रयोग गर्ने भन्नेबारे सिकाई भएको बाल क्लबका सदस्य मुकुन्द थापाले बताए । बाल क्लबका अध्यक्ष निमा विकले तालिममा सिकेका सीपहरु व्यवहारमा लागु गर्ने बताइन् ।
तालिममा जीवन उपयोगी १० वटा सिपहरुबारे बालबालिकालाई जानकारी गराईएको छ ।

१० वटा सीपहरु आत्मजागरण, अनुभुती, प्रभावकारी संचार, अन्तरव्यक्ति सम्बन्ध, समालोचनात्मक सोचाई, सिर्जनात्मक सोचाई, संवेगलाई नियन्त्रण गर्ने क्षमता, तनावपूर्ण स्थितीको सामना गर्ने क्षमता, निर्णय गर्ने क्षमता र समस्या समाधान गर्ने क्षमताबारे बालबालिकालाई तालिममा जानकारी गराईएको छ ।

यस अघि गुराँस गाउँपालिका वडा नं. ४ घोडाबासस्थित लक्ष्मी बाल क्लब र गुराँस गाउँपालिका वडा नं. ३ सेरी स्थित सिर्जनशिल बाल क्लबका बालबालिकाहरुलाई समेत जीवन उपयोगी सीप सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

प्रतिक्रिया