पाठेघर खस्ने समस्या र त्यसबाट बच्ने उपाए

पाठेघर खस्ने समस्या र त्यसबाट बच्ने उपाए

महिलाहरुको स्वास्थ्य प्रति चासो नलिएर उनिहरु प्रति अमानविय व्यवहार, रुढीबादी परम्परा र सामाजिक कु–संस्कारका कारण महिलाहरुको मासिक धर्म (रजश्वला), सुत्केरी भएको बेला चिसो गोठमा छाउपडी कटेरोमा बस्नुपर्ने र यसलाई स्थानीय भाषामा नहुने वार्ने चलन भनिन्छ । सामान्य तथा दैलेख लगायत अछाम, कालिकोट, सुर्खेत, डोटी आदि पहाडी जिल्लाहरुमा यस समस्याले विकराल रुपमा लिएको छ । यी जिल्लाहरुमा महिलाहरु नहुने (रजश्वला) हुँदा र सुत्केरी हँुदा पशु व्यवहार गरिन्छ । महिलाहरुलाई सुत्केरी हुने व्यथा लाग्ने बित्तिकै गाई भैसीको गोडमा लगिन्छ र त्यहीं बच्चा जन्मिन्छ । बच्चा ११ दिन नहुने बेला सम्म त्यही गोठमा राखिन्छ । कतिपयको त्यही गोठमा सरसफाईको अभावले आमा तथा वच्चा दुवैको मृत्यु पनि भएको छ । यि अवस्थाका दिनहरुमा महिलाहरुले चिसो फोहोर सिडीमा, पशुहरुसंग गोठमा, कपडा परालमा आलीको कान्लामा नाटकिय रुपमा सुक्का रोटीको भरमा ५ देखि ११ दिन सम्म बिताउनु पर्छ । आफू काखको बच्चा संगै भए नबालकले समेत आमा जस्तै दुःख बिताउनु पर्छ । रजश्वला भएका महिलाहरु दुध, दही, घ्यू र मही आदि केही दिनु हुदैन भन्ने मान्यता भएकोले र बारीमा तरकारी नभएकोले हाँसे नुनसंग सुकेका रोटी खाएर दिन विताउन बाध्य हुनपर्छ । जसको कारण आमा र बच्चा दुवै कुपोषणका शिकार भएको हुने गरेका छन् । दैलेख जिल्लाका अधिकांश गाविसमा यस प्रथाले जडो गाडेका छ । सामान्यतया महिला र रजश्वला हुदा साविक भन्दा वढी पोसिलो खानेकुरा खुवाइने र आराम चाहिनुको खुट्टा उनिहरु सुक्का रोटीको भरमा साविक भन्दा धेरै काम गर्न बाध्य छन् ।
गर्भावस्थामा पोसिलो खानेकुरा, फलफूल खाने तथा आरामको साथ–साथै स्वास्थ्य जाँच गर्भपरीक्षण जस्ता कुराबाट बञ्चित भई गर्भावस्थामा आमा तथा बच्चालाई पोषणको कमि आवश्यक आराममा न्यूनता, स्वास्थ्य परीक्षण नगराउँने, गर्भपरीक्षण नगराउने जस्ता चेतनाको कमिको कारण यहाँका महिलाहरु सुत्केरी तथा रजश्वला भएको बेला घरायसी तथा वाह्य काम साविक कै अवस्थामा गर्न बाध्य छन् । यसै गरी असुरक्षित स्थानमा बच्चा जन्मिने, असुरक्षित रुपमा पेटको बच्चालाई फाल्ने, सुत्केरी हुँदाका दिन देखि नै गह्रौको भारी बोक्ने, पिठो पिस्ने, गोठमा असुरक्षित साथ खाना खाने र सुत्केरी भएको केही दिनमा नै यौन सम्पर्क गर्ने कारणले गर्दा महिलाहरुको पाठेघर खस्ने समस्याबाट पीडित हुनु परेको छ । त्यसैले अहिले दैलेखको स्थानीय भाषामा आङ्ग खस्ने, भण्डारो आउने भन्ने समस्याले महामारीको रुपमा गम्भिर समस्या लिएको छ । ग्रामीण इलाकामा वालविवाह, परिवार नियोजन, कम उमेर गर्भाधारण गर्न नहुने आदिको चेतना छैन । त्यसैले यहाँका महिलाहरु कम उमेर नै धेरै बच्चा जन्माई सकेका हुन्छन् यहाँका करिब विवाह गर्न उमेर २० देखि २५ वर्ष सम्म महिला वढी भैसकेका हुन्छन । वर्सेनी सन्तान जन्माउन र छोरा हुनुुपर्ने अन्धविश्वासको कारण महिलाहरु यस समस्यामा वढी पीडित भएका छन् ।

पाठेघर खस्ने समस्या ः
पाठेघर वा स्थानीय भाषामा बच्चा वस्ने घर जे भनेपनि महिलाहरुको यो अंग ज्यादै महत्वपूर्ण अंग हो । महिलाहरुको प्रजनन अंगले मानव जीवनको उत्पत्ति देखि त्यसको विकास एवम् संरक्षण गर्छ । त्यही अङ्ग खलबलिन गई आङ्खनो स्थान छोडी योनीमार्ग हुदै योनीको मुख सम्म वा योनी बाहिर निस्किन्छ । जसलाई पाठेघर खस्नु भनिन्छ । पाठेघर खस्ने समस्यालाई ठाँउ अनुसार आङ खस्ने, ढेउकी, ढेउको झर्ने, मुन्टो आउने तथा भण्डारो आउने पनि भनिन्छ । दैलेख जिल्लामा यस समस्यावाट सवै जाति, वर्ग र समूह यो सवालमा देखा परेको छ ।
यो समस्याले महिलाहरुलाई चरम उत्पेछन अवस्थामा दिन अवस्था भएपनि जसलाई महिलाहरुले सामाजिक कारणले लुकाउँदछन् । यस्ता महिलाहरु पिडैपिडाबाट जीवन गुजारा गर्दछन् । यदि यो समस्या भएको थाह पाएपछि घरबाट निकाल्ने, छोएको पानी नखाने, आफूमाथि, सौता हाल्ने जस्ता सामाजिक कारणले गर्दा महिलाहरु अरुलाई बताउन चाहदैनन् । श्रीमान्ले थाह पाएपछि त्यसको उपचारको साटो अर्को विवाह गर्न लालापित हुन्छन् । पाठेघर खस्ने समस्या ५ चरणको हुन्छ । पहिलो चरणमा हँुदा पाठेघरले साविक स्थान छोड्दछ । र महिलाहरु बस्दा योनीमा देखिन्छ । दोस्रो चरणमा योनीका मुखसम्म आएको हुन्छ । यसलाई पनि सजिलै देख्न सकिदैन । बस्दा मात्र थाह हुन्छ । तेस्रो चरणमा योनीको मुखदेखि बाहिर देखिन्छ । चौथो र पाँचौ चरणमा पाठेघर नै बाहिर निस्किई कुहिन शुरु हुन्छ । यसरी पेट भित्रको शरीर बाहिर आएर कुहिन शुरु हुँदा महिलालाई कति पिडा हुँदा हो त्यो पीडित महिलालाई मात्र याद छ । सानो औलामा चोट लाग्दा पनि कति दुःख हुन्छ भने शरीरको महत्वपूर्ण प्रजनन् अङ्ग नै बाहिर आउँदा कति पीडाको मूख्याङ्कन नै गर्न सकिदैन त्यसैले यसलाई चरम उत्पीडित हुन्छ ।

पाठेघर किन खस्छ ?
पीडित महिलाहरुको छलफल तथा उनिहरुको भोगाईको आधारमा पाठेघर खस्नु घरेलु हिंसा पनि एक हो । विशेष गरी गर्भावस्था देखि सुत्केरी भएको ४२ दिनको अवस्थासम्म विशेष आराम तथा पोसिलो खानेकुरा खाने समयमा पाठेघरका मांसपेशीलाई दवाब पुग्ने खालका कामहरु गर्नाले यो समस्या हुने गरेको छ । पाठेघर खस्ने समस्या तपसिलमा उल्लेखित कारणबाट हुनसक्छ ।
 कम उमेरमा बच्चा जन्माउनु ।
 सुत्केरी हँुदा आराम तथा पोसिलो खानेकुरा खान नपाउनु ।
 सुत्केरी हुँदा गह्रौको भारी बोक्नु ।
 सुत्केरी हुँदा गोठमा वसेमा ।
 सुत्केरी हुँदा जातो पिसेमा
 सुत्केरी अवस्थामा गह्रौको समान उठाएमा ।
 सुत्केरी भएको दिनसम्म यौनसम्पर्क गरेमा ।
 अनावश्यक दवाव दिई बच्चा तथा सालनाल निकाल्ने प्रयास गरेमा ।
यी समस्यालाई गितवाट पनि दर्शाउन सकिन्छ ।
 बेला बेला जाच्नुपर्छ गर्भावस्थाको महिलालाई
आफू पनि चेतना नै पूर्खाको थलोलाई
 सर सल्ला जहानकै हुन्छ अस्पताल जानाको
सुख पु¥याई जियानलाई डोज पु¥याउ खानाको
 आमाको पोशिलो खाना वच्चाको भिटामिन
फलफूल र तरकारी खाया वच्चा वढदो दिनदिन
 दश महिना पुरापुर भया अस्पताल वास
बच्चा आमा कुशल भया जहानकन आस
 कहिले ल्याउन सुत्केरी वट्टा मासिका को भनौ
खर्च पर्च पुग्दैनकी वाकास खोली गनौ
 नमुग्ने शैर साधन रचाइरनु
१२ घण्टा पुग्न खोज्यो वोक्ने कसलाई भनु
 पारीघरका साहिला माहिला तलीघरका दुइभाई
सवैले स्वीकार्य माया घरलाई वच्चालाई
 आमा बच्चा दुवै वाचे आयो अर्को दिन
खुराक चाहियो फलफूल चाहियो रस भएका पिन
 बच्चाको जन्मिने वेला इश्वरको छाया
ति जति वढ्दै जाडो उचि कति माया
 आमालाई दुइ महिने खुराक वच्चा दुइ मैनाको
हाले केही मान्नुहुदैन पिरमर्का शौताका
 तागत दिने मास अण्डा पोसिलो गोरस
बच्चा आमा रणपुण सवैलाई भोरस
 बच्चा भयो ५ वर्षका पढन लाग्यो क ख
अव किन सन्तान चहियो भैगयो सन्तख

महिलाहरुलाई यो समस्यालाई किन लुकाउदछन् । महिलाहरुमा चेतनाको कमि, यो समस्या सवै महिलामा हुनसक्छ भन्ने भावना नभएको, सामाजिक कुसंस्कार, यो समस्या भएको थाह पाएपछि समाजमा गर्ने व्यवहार, श्रीमान्ले गर्न व्यवहार आदिका कारण तथा औषधि उपचार हुन्छ भन्ने भावना नभएको कारण महिलाहरु यो समस्या भएपनि लुकाउने प्रचलन भएका देखिन्छ ।

उपचार तथा रोकथाम ः
यो समस्या उत्पन्न हुन नदिनु नै उत्तम हो । महिलाहरुले र घरपरिवारका सदस्यहरुले सावधानी अपनाए भने यो समस्या हुदैन । पहिलो र दोसं्रो चरणको अवस्थामा रिङ पेसरी राखेर प्रत्येक तीन महिनामा बदल्नु पर्छ भने तेस्रो चरणदेखि माथि अप्रेशन गरी पाठेघर काटेर निकाल्नु पर्छ । यो पाठेघरको अप्रेशन भर्जनाइ तरकारी हुन्छ । योनीको मार्गबाट गरिन्छ । त्यसैले त्यति समस्या हुदैन । अप्रेशन दुई तरिकावाट गरिन्छ । एउटा सिलिङ अप्रेशन हो । यस अप्रेशन गरेको महिलाबाट बच्चा जन्मिन सक्छ । अर्को अप्रेशन गरेपछि बच्चा जन्मिदैन । झन यो समस्याका डर पनि हुदैन । यो अप्रेशन गर्दा झण्डगै ३००००।–(तीसहजार) जति रकम लाग्न सक्छ । सुत्केरी भएको अवस्थामा तातो रक्सीमा वसेपछि यो समस्या हुदैन । त्यसैगरी पाठेघर खस्ने कारणहरुलाई उचित व्यवस्थापन गर्न सकेपछि यो समस्याबाट डराउनुपर्दैन । स्वत रोकथाम हुन्छ ।

किन पाठेघर खस्ने समस्या साझा समस्या हो ?
प्रजनन क्रियामा महिला पुरुष उत्तिकै संलग्न छन् । फरक यति मात्र हो पुरुषले गर्भाधारण गराउछ भने महिलाले गर्भाधरण गर्छे । त्यसैले यि प्रक्रियामा महिला पुरुषको उत्तिकै भूमिका छ । त्यसैले पाठेघर खस्ने समस्या महिलाको मात्र नभएर यसको उचित व्यवस्थापनमा पुरुषहरुको उत्तिकै भूमिका रहन्छ । त्यसैले यो समस्या महिला र पुरुष साझा समस्या यसको व्यवस्थापनमा लाग्नु सबैको कर्तब्य हुन जान्छ । सवै मिलेर यस विषयमा श्री ५ को सरकारलाई पाठेघर खस्ने समस्यालाई स्वास्थ्यको चासोको विषय वनाउने पहल गर्न आवश्यक देखिन्छ ।

पाठेघर खस्ने समस्याको विषयमा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले चालेका केही कदमहरु ः
 सामाजिक सेवा केन्द्रबाट सञ्चालित विभिन्न कार्यक्रमका समूहमा यस विषयमा छलफल तथा वहस शुरु गरेको ।
 जुनसुकै प्रकारका तालिममा पनि १ घण्टा यस विषयमा छलफल गर्ने गरेको ।
 गर्भावस्थामा स्वास्थ्य परिक्षण तथा गर्भ परिक्षणको लागि जनचेतना फैलाउने काम गरेको ।
 पाठेघर खस्ने समस्याका कारणहरुलाई उचित व्यवस्थापनको लागि समूह छलफल तथा वहस शुरु गरेको ।
 किशोर, किशोरीलाई जनचेतना फैलाई यस समस्याको उचित व्यवस्थापनको लागि ६ वटा विद्यालयमा सवालको वारेमा छलफल तथा वहस शुरु गरेको ।
 गर्भावस्थाका आमाका सासु, वुहारी, भेला गरी उचित व्यवस्थापनमा चेतना फैलाउन सहयोग गरेको ।
 आङ्खना कार्यकर्ताहरुलाई यस विषयमा तालिम दिई उनिहरुलाई सवालको वारेमा जागृत गरेको ।
 यस समस्याबाट पीडित महिलाको तथ्याङ्क संकलन गरिरहेको ।
 ३१ जना महिलाहरुलाई अप्रेशनको लागि सिफारिस गरी हाल अप्रेशन भएको ।
 पाठेघर खस्ने समस्याको उपचारको वारे जनचेतना फैलाएको ।
 सुरक्षित मातृत्व कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने गरेको ।

प्रतिक्रिया