ठाटीकाँध गाउँपालिकाले तोक्यो बाल कल्याण अधिकारी

ठाटीकाँध गाउँपालिकाले तोक्यो बाल कल्याण अधिकारी

दैलेख : जिल्लाको ठाटीकाँध गाउँपालिकाले बालकल्याण अधिकारी नियुक्त गरेको छ । गाउँपालिकाले सहायक महिला विकास निरिक्षक प्रतिभा घिमिरेलाई बाल कल्याण अधिकारी नियुक्त गरेको हो ।

बाल अधिकार संरक्षण तथा प्रबद्र्धनको क्षेत्रमा काम गर्न घिमिरेलाई बाल कल्याण अधिकारी नियुक्त गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मन बहादुर थापाले जानकारी दिए । ठाटीकाँध गाउँपालिका बाल कल्याण अधिकारी तोक्ने दैलेखको दोस्रो स्थानीय तह पनि बनेको छ ।

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६१ अनुसार स्थानीय तहमा बालकल्याण अधिकारीको व्यवस्था रहने व्यवस्था छ । बालबालिकाको अधिकारको सम्मान, संरक्षण र सम्बद्र्धन गर्न तथा बाल संरक्षण कार्य समेत गर्नका लागि स्थानीय तहमा एक जना बाल कल्याण अधिकारी रहने बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६१ मा उल्लेख छ ।

प्रतिक्रिया