लायन्स क्लबले दियो धार्मिक विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट

लायन्स क्लबले दियो धार्मिक विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट

दैलेख : लायन्स क्लबले धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रयाकसुट उपलब्ध गराएको छ । लायन्स क्लब अफ दैलेखले विद्यार्थीलाई ट्रयाकसुट उपलब्ध गराएको हो ।

नारायण नगरपालिका–७ स्थित शिद्धेश्वर महादेव मन्दिरमा रहेको वसन्तमाला वेद विद्या आश्रम (धार्मिक विद्यालय)मा अध्ययनरत विद्यार्थीलाई ट्रयाकसुट उपलब्ध गराएको लायन्स क्लब अफ दैलेखका कोषाध्यक्ष राजकुमार खत्रीले बताए ।

शनिवार एक कार्यक्रमकाबीत लायन्स क्लब अफ दैलेखका अध्यक्ष सोमन नारायण कौशल, द्धितिय उपाध्यक्ष पुण्य शर्मा, कोषाध्यक्ष राजुकुमार खत्री, लायन्स सदस्य लोकबहादुर डांगी लगाएतको उपस्थितीमा विद्यार्थीहरुलाई ट्रयाकसुट हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया