सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा केन्द्रका बालबालिकालाई सामग्री

सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा केन्द्रका बालबालिकालाई सामग्री

दैलेख : सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा केन्द्रका बालबालिकालाई सामग्री सहयोग गरिएको छ । गुराँस गाउँपालिकाको समन्वयमा सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले सामग्री सहयोग गरेको हो ।

नारायण नगरपालिका–६ भुर्तीस्थित रेडक्रस माध्यामिक विद्यालय अन्तरगर्तको सुस्त श्रवण तथा बहिरा स्रोत कक्षा केन्द्रमा अध्ययनरत १२ बालबालिकालाई विभिन्न सामाग्रीहरु सहयोग गरिएको हो । रेडक्रस माविकाे ३१ औँ बार्षिक उत्सब तथा अभिभावक दिवसको अबसरमा बालबालिकालाई सामग्री प्रदान गरिएको हो ।

प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा, सोसेक नेपालका अध्यक्ष हीरासिंह थापा, रेडक्रस माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक न्यौपाने लगाएतले बालबालिकालाई सामग्री हस्तान्तरण गरेका छन् । बालबालिकाहरुलाई ज्याकेट, ट्राउजर, उलनको क्याप तथा किट बक्स उपलब्ध गराईएको बताईएको छ ।

बार्षिक उत्सब तथा अभिभावक दिवसका अबसरमा सामग्री हस्तान्तरण गर्दै सोसेक नेपालका अध्यक्ष हीरासिंह थापाले बालबालिकालाई हिंसा, शोषण, दुव्र्यवहारबाट जोगाउनुपर्ने बताए । अध्यक्ष थापाले बाल विवाह न्यूनिकरणमा सबैको सहकार्य र अग्रसरता जरुरी रहेको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया