अन्तर्राष्ट्रिय महिला दिवस : म्युजिकल चियर प्रतियोगीतादेखि नाटक प्रर्दशनसम्म

अन्तर्राष्ट्रिय महिला दिवस : म्युजिकल चियर प्रतियोगीतादेखि नाटक प्रर्दशनसम्म

दैलेख : हरेक मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसमा ‘सामाजिक न्याय र लैंगिक समानता दीगो विकासको सुनिश्चितता’ मूल नारा तय गरिएको थियो । दिवसका अबसरमा दैलेख सदरमुकाममा पनि विविध कार्यक्रम आयोजना भयो । नारायण नगरपालिकासहित विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी संघ संस्थाको समन्वय र सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय, सामाजिक विकास कार्यालय, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, इन्सेक लगाएतको समन्वय र सहकार्यमा ¥याली समेत गरिएको थियो । ¥याली पश्चात स्थानीय खुला मञ्च टुडिखेलमा विभिन्न कार्यक्रहरु आयोजना गरिएको थियो । दिवसको अबसरमा प्रतियोगी एवं अप्रतियोगी कार्यक्रमहरु सञ्चालन भएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बताइन् । म्युजिकल चियर प्रतियोगीतादेखि नाटक प्रर्दशनसम्मका कार्यक्रमहरु सञ्चालन भएको श्रेष्ठले बताइन् ।

उनका अनुसार दिवसका अबसरमा आयोजित म्युजिकल चियर प्रतियोगीता पुजा खड्का प्रथम, शर्मिला रावल द्धितिय, शर्मिला देवकोटा तृतिय र रेचल थापा सान्तोना भइन् । प्रतियोगितामा २९ जना सहभागि थिए । सोहि अबसरमा ‘बिहे वारी २० बर्ष पारी’ नाटक समेत प्रर्दशन भएको थियो । पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान, नारायण नगरपालिका–१ दैलेखले नाटक प्रर्दशन गरेको हो ।

नारायण नगरपालिका नगरसभा सदस्य निर्मला कुमारी खड्का थापाको अध्यक्षता एवं नगरप्रमुख रत्नबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाको सांस्कृतिक पहिचान बोकेको देउडा खेल (नाच) समेत प्रर्दशन भएको थियो । सोहि अबसरमा मिसा दय् दवुले समेत नृत्य प्रर्दशन गरेको थियो । सोहि अबसरमा मिसा दय् दवुले समेत नृत्य प्रर्दशन गरेको थियो । साथै ‘म हिंसा गर्दिन,म हिंसा सहदिन’ भन्दै कार्यक्रममा सहभागि जनप्रतिनीधि, कर्मचारी तथा स्थानीयले हस्ताक्षर समेत गरेका छन् ।

 

 

प्रतिक्रिया