अन्तर्राष्ट्रिय महिला दिवसमा गिती नाटक ‘बिहे वारी २० बर्ष पारी’ प्रर्दशन

अन्तर्राष्ट्रिय महिला दिवसमा गिती नाटक ‘बिहे वारी २० बर्ष पारी’ प्रर्दशन

दैलेख : हरेक मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसमा गिती नाटक ‘बिहे वारी २० बर्ष पारी’ प्रर्दशन गरिएको छ । ‘सामाजिक न्याय र लैंगिक समानता दीगो विकासको सुनिश्चितता’ मूल नारा तय गरिएको । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा दैलेख सदरमुकाममा आयोजित एक कार्यक्रममा नाटक प्रर्दशन गरिएको हो । नारायण नगरपालिका–१ दैलेखको पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानले नाटक प्रर्दशन गरेको हो ।

नाटकमा लोकेश गिरी, गोमा थापा, कल्पना शाही, पुर्ण बुढा, शिवराज सारु, हिमराज बस्नेत, ममता सुनार, पबित्रा बि.क, सन्जिता सुनार, सर्मिला थापा, साक्षी गिरी, भावना थापा र अर्जुन थापाले अभिनय गरेका थिए । गिती नाटक ‘बिहे वारी २० बर्ष पारी’ मा विभिन्न बाहामा बाल विवाहलाई प्रोत्साहन गर्ने गरिएको, बाल विवाहले हुने असर जस्ता सवाललाई समावेश गरिएको थियो । नाटकमा बाल विवाह गर्ने र गराउनेलाई हुने सजाय पनि प्रस्तुत गरिएको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १७३ ले विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भन्ने व्यवस्था गरेको छ । त्यसविपरीत भएको विवाह स्वतः बदर हुने र त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवाना हुनेछ, भनेको छ । सोही ऐनको दफा १७६ ले बालविवाहको उजुरी गर्ने हदम्याद कसूर भएगरेको थाहा पाएको मितिले तीन महिना तोकेको छ ।

नारायण नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सामाजिक विकास कार्यालय, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, इन्सेक, पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान, एभरेष्ट क्लब, महिला सशक्तिकरण मञ्च लगाएतका सरकारी तथा गैरसरकारी संघ संस्थाको समन्वय र सहकार्य दिवसको अबसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया