जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामग्री

जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामग्री

कालिकोट : विभिन्न कारणले जोखिममा रहेका कालिकोटका बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, महिला र बालबालिका केन्द्र/बाल हेल्पलाइन १०९८ कालिकोटले यहाँका १० जना बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराएको हो ।

खाँडाचक्र नगरपालिकाका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको महिला र बालबालिका केन्द्र/बाल हेल्पलाइन १०९८ कालिकोटका कानून तथा बाल संरक्षण अधिकृत पृथ बहादुर थापाले जानकारी दिए ।

यहाँको पञ्चदेव मावीका ४, चिनारी आधारभुत विद्यालयका ३, माहादेव आधारभुत विद्यालयका १ र सरस्वती गुरुकुल आधारभुत विद्यालयका २ जनालाई शैक्षिक सामग्री प्रदान गरिएको थापाले बताए । हरेक बालबालिकालाई झोला, विद्यालय पोषाक, स्वीटर तथा कापी, डट्पेन, इलेजर, पेन्सल, ज्यामती बक्स उपलब्ध गराईएको हो ।

प्रतिक्रिया