जब कृषकहरु विपद् व्यवस्थापन तथा जलवायू परिवर्तन अनुकुलन सिकाई केन्द्रमा पुगे…

जब कृषकहरु विपद् व्यवस्थापन तथा जलवायू परिवर्तन अनुकुलन सिकाई केन्द्रमा पुगे…

दैलेख (दुल्लु) : दुल्लु नगरपालिका वडा नं. ४ स्थित भण्डारी टोल बहुउद्देश्यीय कृषि समुहकी सदस्य चन्दकला सिंह सोमवार विपद् व्यवस्थापन तथा जलवायू परिवर्तन अनुकुलन सिकाई केन्द्रमा आइन् । दुल्लु नगरपालिकाको कार्यालय परिषरमा स्थापित सिकाई केन्द्रमा उनले जलवायू परिवर्तन सम्बन्धी भीडियो डकुमेन्ट्री हेर्ने अबसर प्राप्त गरिन् । उनले विपद् व्यवस्थापन सम्बन्धी सामग्रीहरु समेत अवलोकन गरिन् । सिकाई केन्द्रमा सिकेका ज्ञानहरु समुदायमा भन्न सक्ने भएको सिंह बताउँछिन् । आफु चेतनशिल र जानकार भए समुदायमा सिकाउन सकिने उनको बुझाई छ ।

सिंह जस्तै सोहि कृषि समुहकी सदस्य क्रान्ति भण्डारी समेत सिकाई केन्द्रमा आएकी थिइन् । सिकाई केन्द्रमा आएकी उनले जलवायू परिवर्तन सम्बन्धी भीडियो डकुमेन्ट्री हेर्ने अबसर मात्र पाइनन् विपद् व्यवस्थापन सम्बन्धी सामग्रीहरु समेत अवलोकन गरिन् ।सिकाई केन्द्रबाट सिकेको विषयहरु जलवायू परिवर्तनबाट हुने असरहरु आफ्नो समुदायका अन्य नागरिकहरुलाई समेत सिकाउने सक्षम भएको भण्डारी बताउँछिन् ।

सिंह र भण्डारी जस्तै भण्डारी टोल बहुउद्देश्यीय कृषि समुहका २५ जना कृषकहरु विपद् व्यवस्थापन तथा जलवायू परिवर्तन अनुकुलन सिकाई केन्द्रमा आएका थिए । सिकाई केन्द्रमा आएका कृषि समुहका सदस्यहरुका लागि जलवायु परिवर्तन अनुकूलन सम्बन्धी भीडियो डकुमेन्ट्री प्रदर्शन, सिकाई आदान प्रदान तथा छलफल भएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए ।

दुल्लु नगरपालिकामा यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ ।

उक्त परियोजनाले गत असोजमा विपद् व्यवस्थापन तथा जलवायू परिवर्तन अनुकुलन सिकाई केन्द्र स्थापना गरिएको थियो ।

संस्थाका उपकार्यकारी निर्देशक श्रेष्ठका अनुसार जलवायू परिवर्तन र विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उदेश्यले केन्द्र स्थापना गरिएको हो । केन्द्रमाार्फत समुदायस्तरका कृषक तथा कृषक समुहले जलवायू परिवर्तन अनुकुलनका उपायहरुलाई प्रचार–प्रसारमा समेत टेवा पु¥याउने श्रेष्ठले बताए ।

विपद् व्यवस्थापन तथा जलवायू परिवर्तन अनुकुलन सिकाई केन्द्रमा लाइफ ज्याकेट, डोरी, क्यालाबेरिया, पाल, ल्यापटप, प्रिन्टर, मल्टिमीडिया लगाएतका सामग्रीहरु उपलब्ध छन् । सामग्रीहरुले विपद् व्यवस्थापन तथा खोज तथा उद्धारमा सहयोग पुग्नेछ ।

प्रतिक्रिया