हिंसा रहित कक्षा सञ्चालन

हिंसा रहित कक्षा सञ्चालन

दैलेख : जिल्लाको गुराँस गाउँपालिका–१ बेडुगाउँमा हिंसा रहित कक्षा सञ्चालन गरिएको छ । गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र सेभ द चिल्डे«नको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत उक्त कक्षा सञ्चालन गरिएको हो ।

बाल अधिकार, बाल विकास, सकारात्मक अभिभावकत्व, लैंगिकता तथा भेदभाव विहीनता, बालबालिकामाथि हुनसक्ने हानी र जोखिमका बारेमा बालबालिकाका तथा उनीहरुको अभिभावकहरुको बुझाईमा विकास गर्ने उद्धेश्यले कक्षा सञ्चालन गरिएको हो ।

हिंसा रहित कक्षाले अभिभावकलाई एक उच्चतम अभिभावकत्वका असल कला र सीपहरु सिकाउने सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका बाल संरक्षण संयोजक निर्मल अधिकारीले बताए । बालबालिका र उनीहरुका अभिभावकलाई छुट्टा छुट्टै कक्षा सञ्चालन गरिने अधिकारीले जानकारी दिए ।

हिंसा रहित कक्षा सञ्चालनको अवधिभर अभिभावकहरुको लागि १० वटा कक्षा, बालबालिकाको लागि ९ वटा कक्षा सञ्चालन गरिनेछ ।

प्रतिक्रिया