५२ जना बालबालिकालाई शैक्षिक सामग्री

५२ जना बालबालिकालाई शैक्षिक सामग्री

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले जिल्लाका विभिन्न स्थानीय तहका ५२ जना बालबालिकालाई शैक्षिक सामग्री र विद्यालय पोषाक उपलब्ध गराएको छ । सोसेक नेपालद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ द्धारा उक्त सामग्री प्रदान गरिएको हो ।

बाल हेल्पलाइन १०९८ संयोजक रमा श्रेष्ठका अनुसार जोखिममा परेका बालबालिकालाई शैक्षिक सामग्री र विद्यालय पोषाक उपलब्ध गराईएको हो । जिल्लाको ठाटीकाँध गाउँपालिकाका २० जना बालक र ११ जना बालिकालाई शैक्षिक सामग्री उपलब्ध गराईएको छ । ठाटीकाँधका बालबालिकालाई सोसेक नेपालको फिल्ड कार्यालय ठाटीकाँध गाउँपालिकामा आयोजित एक कार्यक्रमकाबीच सामग्री प्रदान गरिएको छ ।

यस्तै नारायण नगरपालिका, डुंगेश्वर गाउँपालिका, आठबीस नगरपालिका, भगवतीमाई गाउँपालिका, महाबु गाउँपालिका र दुल्लु नगरपालिकामा गरी १२ जना बालक र ९ जना बालिकालाई शैक्षिक सामग्री उपलब्ध गराईएको सोसेक नेपालका बाल अधिकार अनुगमन अधिकृत प्रभा कुमार विश्वकर्माले बताए ।

उनका अनुसार प्रति बालबालिका विद्यालय पोषाक सर्ट, पाइन्ट स्वीटर तथा शैक्षिक सामग्री झोला, कापी, डट्पेन, ज्यामिती बक्स, इलेजर, कटर, सिसाकलम सहित दुई हजार ८ सय बराबरको सामग्री उपलब्ध गराईएको हो ।

प्रतिक्रिया