जसले सोसेकको पहलमा पाइन अपाङ्गता परिचयपत्र

जसले सोसेकको पहलमा पाइन अपाङ्गता परिचयपत्र

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको पहलमा एक बालिकाले अपाङ्गता परिचय पत्र प्राप्त गरेकी छिन् । दुल्लु नगरपालिका–८ की ३ बर्षीया बालिका रितु सिंहले अपाङ्गता परिचयपत्र प्राप्त गरेकी हुन् । दुल्लु नगरपालिकाले बहु अपाङ्गता (ख) वर्गको परिचयपत्र प्रदान गरेको हो । नगरपालिकाले उनलाई मंगलवार अपाङ्गता परिचयपत्र प्रदान गरेको हो ।

उनि बोल्न सक्दिनन् । उनि गत मंसिरयता सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ महिला र बालबालिका केन्द्र (सेल्टर) को आश्रयमा छिन् । सेल्टरको संरक्षणमा रहेकी बालिका रितु सिंहलाई अपाङ्गता परिचयपत्र दिलाउन संस्थाले पहल र समन्वय गरेको थियो । अपाङ्गता परिचयपत्र प्राप्तीका लागि संस्थाले बालिकाको दैलेख अस्पताल, नेपाल रेडक्रस सोसाइटी दैलेखमा स्वास्थ्य चेकजाँच तथा परिक्षण गराएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बताइन् ।

बालिका गत मंसिर ११ गते शनिवार कुपोषणले ग्रस्तसँगै शरिरमा निलडाम, चोट लागेको र शरिर कोतरिएको अवस्थामा फेला परेकी थिइन् । उनि जिल्लाको दुल्लु नगरपालिका–७ खेतगाउँस्थित जंगलमा वेवारिशे अवस्थामा भेटिएकी थिइन् । त्यहाँबाट उद्धार गरेर उनलाई दैलेख अस्पतालमा उपचार पछि सोसेक नेपालद्धारा सञ्चालित महिला र बालबालिका केन्द्र (सेल्टर) को संरक्षणमा राखिएको छ ।

सम्बन्धित समाचार

चोट लागेको अवस्थामा वेवारिशे भेटिइन बालिका

वेवारिशे भेटिएकी कुपोषित बालिकालाई दैलेख अस्पतालले पोषण पुर्नस्थापना केन्द्रमा राख्न मानेन

प्रतिक्रिया