जोखिममा परेका २२ जना बालबालिकालाई ट्रयाकसुट

जोखिममा परेका २२ जना बालबालिकालाई ट्रयाकसुट


दैलेख : विभिन्न कारणले जोखिममा परेका २२ जना बालबालिकाहरुलाई ट्रयाकसुट वितरण गरिएको छ । नारायण नगरपालिका वडा नं. १ को सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले सञ्चालन गरेको बाल हेल्पलाइन १०९८ को समन्वयमा बालबालिकालाई ट्रयाकसुट वितरण गरिएको हो ।

जिल्लाको नारायण, दुल्लु र आठबीस नगरपालिका, भैरबी गाउँपालिका लगाएतका स्थानीय तहका जोखिममा परेका बालबालिकालाई ट्रयाकसुट वितरण गरिएको हो । शुक्रवार नारायण नगरपालिका वडा नं. १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ, सोसेक नेपालका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ, बाल हेल्पलाइन १०९८ संयोजक रमा श्रेष्ठ लगाएतको उपस्थितीमा बालबालिकालाई ट्रयाकसुट गरिएको छ ।

यस अघि सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले सञ्चालन गरेको बाल हेल्पलाइन १०९८ ले आयोजना गरेको शैक्षिक सामग्री वितरण कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले छात्रबृति स्वरुप शैक्षिक सामग्री पाएका बालबालिकालाई ट्रयाक सुट उपलब्ध गराउने घोषणा गरेका थिए । त्यसबेला उनले सोसेक नेपालमार्फत छात्रबृति पाएका बालबालिकाहरुलाई ट्रयाकसुट उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रतिक्रिया