उद्योग बाणिज्य संघ दैलेखको अध्यक्षमा विक

उद्योग बाणिज्य संघ दैलेखको अध्यक्षमा विक

दैलेख : दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा कुल बहादुर विक चयन भएका छन् । संघको शुक्रवार सम्पन्न १० औँ वार्षिक साधारण सभा तथा ९ औँ अभिवेशनले अध्यक्षमा विकलाई सर्वसम्मत चयन गरेको हो । २०७४ मा भएको संघको ९ औँ वार्षिक साधारण सभा तथा ८ औ जिल्ला अधिवेशनवाट अध्यक्षमा निर्वाचित भएका विक दोस्रो कार्यकालका लागि पुःन अध्यक्षमा चयन भएका हुन् ।

सफल व्यवसायीको रुपमा परिचित विक दैलेख बजारमा बर्षौ बर्षदेखि सञ्चालनमा रहेको भैरहवा सुनचाँदी पसलको प्रोपराइटर समेत हुन् । समाजसेवी विकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण सहयोग पुर्याएका थिए । उनले जिल्लास्थित विभिन्न निकायहरुलाई स्वास्थ्य सामग्री वितरण लगाएतका काम गरेका थिए ।

संघको अध्यक्षमा चयन भएका विकले व्यवसायीहरुको हकहितमा सधै कटिबद्ध रहेको प्रतिक्रिया दिएका छन् । ‘यसअघि कोरोना संक्रमण लगाएतका कारणले योजना लिए अनुरुप काम गर्न पाएनौ, अब संघका सबै पदाधिकारी र सदस्यहरु एकताबद्ध भएर व्यवसायीहरुको हकहितका लागि नविनतम् कामहरु गरिनेछ,’ अध्यक्ष विकले भने ।

संघको निवर्तमान अध्यक्ष शान्ति प्रसाद शर्मा छन् । साधारण सभा तथा अधिवेशनले सदस्यहरुमा नरेन्द्रबहादुर थापा, कृष्णप्रसाद श्रेष्ठ, अशोक कुमार थापा, राजेश कुमार हमाल, प्रकाश पौडेल, ध्रुवविक्रम थापालाई सदस्यमा सर्वसम्मत चयन गरेको छ । यस्तै सिताराम थापा, शंकर श्रेष्ठ, राधा ज्ञावली, अजित श्रेष्ठ, गणेश बुढा, सन्तोष श्रेष्ठ, विष्णु कुमारी जैसी, शम्सेर मल्ल, रामु विक (पाल्पाली) र रामबहादुर बुढा सदस्यमा सर्वसम्मत चयन भएका छन् । संघको आगामी बैठकले पदाधिकारी चयन गर्नेछ ।

प्रतिक्रिया