नारायण नगरको मेयरमा काँग्रेसबाट निर्मला खड्काको उम्मेदवारी

नारायण नगरको मेयरमा काँग्रेसबाट निर्मला खड्काको उम्मेदवारी

दैलेख : स्थानीय तहको निर्वाचन यहि बैशाख ३० गते हुँदैछ । निर्वाचनका लागि सोमवार दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । पालिकास्तरमा रहेका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

जिल्लाको नारायण नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले निर्मला खड्कालाई अघि सारेको छ । उनले सोमवार उम्मेदवारी दर्ता गरेकी छिन् । सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनको मनोनयन दर्ता गरिएको काँग्रेस सभापति मणिराम रेग्मीले बताए ।

नगरपालिकाको उपमेयरमा सावित्री मल्लको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको भागबण्डा अनुसार नारायण नगरको मेयरमा नेपाली काँग्रेस र उपमेयर नेकपा (एकीकृत समाजवादी)को भागमा परेको थियो । सोहि अनुसार नेकपा (एकीकृत समाजवादी) पाटीबाट सावित्री मल्लले उपमेयरमा उम्मेदवारी दर्ता भएको हो । मल्ल यसअघि नारायण नगरको उपमेयर    थिइन् ।

प्रतिक्रिया