नारायण नगरमा एमालेबाट उम्मेदवारी दर्ता

नारायण नगरमा एमालेबाट उम्मेदवारी दर्ता

दैलेख : नारायण नगरपालिका दैलेखको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला सदरमुकाम समेत रहेको नगरमा एमालेबाट मेयरमा लोमन शर्मा र उपमेयरमा तप्ता कुमारी थापाको उम्मेदवारी दर्ता भएको हो । सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता गरिएको एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले बताए ।

मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएका शर्मा र थापा नेकपा एमालेको प्रदेश कमिटि सदस्य हुन् । सोमवार नेकपा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्मा लगाएतका नेता तथा कार्यकर्ताहरु समेत उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

उम्मेदवारी दर्तासँगै एमालेका मेयरका उम्मेदवार लोमन शर्माले समृद्ध नगरका लागि विभिन्न एजेण्डा सहित चुनावी अभियानमा होमिएको बताए । उनले नगरबासीलाई निशुल्क खानेपानी तथा बिजुली बत्ति दिने मुख्य प्राथमिकतामा राखेका छन् ।
नारायण नगरपालिका–१ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका नेकपा एमालेका मनोज कुमार थापाले विकासलाई व्यवस्थित गर्ने आफ्नो प्रमुख एजेण्डा भएको बताए । ‘विकास त स्वभाविक प्रक्रिया भएकाले विकासका गतिविधि सञ्चालन भईरहेको छ,’ उनले भने अब व्यवस्थापनको खाँचो छ ।’

 

प्रतिक्रिया