निर्वाचनले नछोएको राउटे समुदाय

निर्वाचनले नछोएको राउटे समुदाय

जाजरकोटको छेडागाड नगरपालिका -५ थलबजार स्थित राउटे समुदाय ।  तस्बिर : जितेन्द्र थापा

सुर्खेत : यति बेला गाउँ सहरका कुना काप्चामा वैशाख ३० गते हुने स्थानीय तह चुनावको रौनकता बढ्दो छ । युवा देखि वृद्धसम्म सबैलाई चुनाव लागेको छ । सामाजिक संजाल देखि विभिन्न संचार माध्याममा चुनावी माओल तात्तिएको छ । सडक, घर र विभिन्न ठाउँमा भित्तालाई पनि चुनाव लागेको छ । तर, यता लामो समयदेखि जंगलमा फिरन्ते जीवन बिताउदै आएको राउटे समुदायलाई भने चुनावको रौनकताले छोएको छैन । नत उनीहरुसँग मतदाता नामावली नै छ नत कुनै नागरिकता । चुनावी माहोलबारे अनविज्ञ छन् ।

नेतृत्व गर्ने नेताहरुबारे पनि उनीहरु अनविज्ञ छन् । गुँरास गाउँपालिका अध्यक्ष खेमराज वली र ७ नम्बर वडा अध्यक्ष हुकुम खत्रीबाहेक अरु नेतालाई चिन्दैनन् । जाजकोटको छेडागाड नगरपालिका ५ थल बजारमा बसोबास छ । उनीहरुको बासोबास आसपास चुनावी रौनक उत्साहपुर्ण रुपमा विभिन्न दलका नेता कार्यकर्ता आउछन् जान्छन् । तर,उनीहरु आफ्नै तालमा मस्त छन् । नत उनीहरुलाई कस्लाई भोट हालौँला भन्ने चिन्ता छ । नत कस्ले जिते कस्को सरकार आए देश विकास गर्ला भन्ने चिन्ता छ । जस्ले जिते पनि आफुहरुलाई साँझबिहान खान पाए पुग्ने उनीहरु बताउँछन् ।

केही समय अघिसम्म चुनावको ‘च’ समेत थाह नपाउने उनीहरु अन्य जातीका मानिसहरुको बस्ति आसपास बस्न थाले पछि चुनावको बारेमा थाह पाउनेसम्म भएका छन् । आफुहरुलाई चुनावको बारेमा थाह भएतापनि आफुहरुसँग नागरिकता नभएको ४८ वर्षिय राउटे मुखिया सुर्य नारायण शाही बताउँछन् । चुनावमा भोट हाल्नुपर्छ भन्ने थाह छ,’उनले भने, ‘भोट हाल्नलाई नागरिकता चाहिन्छ त्यो हामीसँग छैन ।’ चुनावबारे उनीहरु बेखबर छन् । जंगलमै फिरन्ते जीवन बिताउन रुचाउने यो समुदाय समय परिर्वतनसँगै अन्य जातिका मानिसहरुको आसपासमा बस्दै आए पनि चुनाव बारे भने बेखबर रहेका छन् ।

नागरिक्ता बनाए अशुभ हुन्छ

जाजरकोटको छेडागाड नगरपालिका ५ थल बजारमा बस्दै आएका राउटे समुदायको एकसय ४४ परिवार संख्या रहेको छ । ४० घरधुरी रहेका छन् । ६७ पुरुष ७८ जना महिला छन् । पुरुष भन्दा महिलाको संख्या धेरै छ । चुनाव आयो भोट कस्लाई हाल्नुहुन्छ ? नागरिक्ता छ कि छैन ? भन्ने हाम्रो प्रश्नमा उनले ‘नागरिक्ता छैन हामीलाई तपाइको नागरिक्ता भए पुग्छ । नागरिक्ता बनाए घरमा राख्न मिल्दैन अशुभ हुन्छ । पुर्खा देखि कसैलाई भोट पनि हालेको छैन । जस्ले जित्छ हाम्रो लागि त्यही ठुलो हो’ मुखिया सुर्य नारायण शाहीले भने ।

जंगलमा फिरन्ते जीवन बिताउदै आए पनि आफुहरु नेपालको नागरिक भएको अर्का दिपक शाही बताउँछन् । हामी जंगलमा नै रमाउदै आएका छौँ हामीलाई घर घडेरी चाहिदैन,’उनले भने, ‘हामीलाई साँझबिहान दाल चामल तरकारी र भत्ता आए पुग्छ ।’

तपाइको नागरिकता भए पुग्छ । पुर्खौ पुर्खा देखि राउटेले जंगलमै जीवन बिताउदै आएकाले हामी पनि जंगलमै रमाउन चाहन्छौँ । हामी नेपालको नागरिक हो नागरिकता आवश्यक्ता पर्दैन । हाम्रो पुर्खाले पनि आफुहरुको लागि जो नेताले जिते पनि हाम्रो लागि त्यही ठुलो नेता हो । हामीलाई दाल चामल रासन खान पाए र भत्ता नै आफुहरुका लागि ठुलो भएको ६४ वर्षिय रतन शाहीको भनाई छ ।

पहिले चुनावबारे अनविज्ञ भएका राउटे चुनाव के कस्तो हो सम्म भन्ने कुरा थाह पाएको सामाजिक सेवा केन्द्र सोसेककी जोडी शिक्षक दुर्गा खत्रीको भनाई छ । पहिले पहिले केही थाह थिएन चुनावबारे अनविज्ञ नै थिए,’उनले भनिन्, ‘जब जोडी शिक्षक बनाएर पढाउन थाल्यौँ तब केही जान्ने भएका छन् । अहिले १५ जनाले आफ्नो नामसम्म लेख्न आउछ ।’

 

प्रतिक्रिया